• ७ जेठ २०८१, सोमबार

बाँधेर आगो लगाइएको अवस्थामा पुरुषको शव फेला

blog

केदार तिमल्सिना 

बनेपा, वैशाख २८ गते । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका( ४ जिरोकिलो नजिकै बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिरोकिलो नजिकैको जङ्गलमा बुट्यानमा बाँधेर आगो लगाइएको अवस्थामा शव फेला परेका अन्दाजी २५ वर्षका पुरुषको पहिचान नखुलेको प्रहरी चौकी पाँचखालले जनाएको छ ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक राजाराम खतिवडाले स्थानीय एक व्यक्ति शौच गर्न जङ्गलमा जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । घटनास्थलमा प्रहरी पुग्दा एउटा बुट्यानमा अन्दाजी २५ बर्षजतिका पुरुषको मुख र छातीमा ग्याबिन तारले बाँधेर जलाइएको अवस्थामा शव भेटिएको छू प्रहरी निरीक्षक खतिवडाले भन्नुभयो । उहाँले शव पुरै गलेको अवस्थामा  रहेकोले उक्त घटना ६र७ दिन पहिले गराइएको हो कि भन्ने देखिएको बताउनुभयो । प्रहरी निरीक्षक खतिवडाले शवको जाँचका लागि जिल्लाबाट डाक्टर र काठमाडौँबाट अनुसन्धानको लागि कुकुर बोलाइएको बताउनुभयो ।