• १२ साउन २०८१, शनिबार

खुला बुद्धिचालमा पुरुषोत्तमको अग्रता

blog

चाल चल्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, जेठ ७ गते । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा जारी २४औँ खुला तथा नवौँ महिला राष्ट्रिय ‘बी’  बुद्धिचाल च्याम्पियनसिप छनोट प्रतियोगिताको दोस्रो दिन सोमबार तेस्रो चरणको खेल सम्पन्न भएको छ । 

 प्रतियोगितामा जम्मा ६० जना पुरुष खेलाडी र १८ जना महिला राष्ट्रिय शीर्ष खेलाडीबिच चौथो चरणको खेल प्रतिस्पर्धात्मक रूपमा चलिरहेको छ । भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको सहआयोजना एवं स्थानीय व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामार्फत दुवै समूहका नौ नौ जना खेलाडीहरू जेठ १९ गतेदेखि काठमाडौँमा सुरु हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनेछन् । 

तेस्रो चरणको खेलसँगै यु–१५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ र उदीयमान खेलाडी सिएम मिलन लामा तीन तीन अङ्क जोडेर अग्रस्थानमा उभिनुभएको छ । 

यस्तै एआईएम सुश्रुत दहाल, प्रेमकृष्ण महर्जन, सिएम पुरुषोत्तम चौलागाईं, राजीव कार्की, आशिष् फूँयाल, निकेन कुसाथा, सिएम कृष्ण थापा र प्रकाशचन्द्र नेपाल २ जित र एक बराबर खेलबाट २.५ अङ्क प्राप्त गर्दै संयुक्त दोस्रो स्थानमा हुनुहुन्छ ।

महिलातर्फ कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी र पोखराकी पूजा भण्डारी शतप्रतिशत जित निकाल्दै तीन तीन अङ्कका साथ पहिलो स्थानमा रहनुभएको छ । यस्तै रीया श्रेष्ठ अपराजित रहँदै २.५ अङ्कसहित दोस्रो र पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, झापाकी पुनम प्रसाईँ, विनीता कपाली, भक्तपुरकि प्रश्ना किबानायो दुई अङ्कसहित तेस्रो स्थानमा हुनुहुन्छ ।