• १२ साउन २०८१, शनिबार

थुनेर राखेको बाघ मर्‍यो

blog

केही दिनअघि पूर्वी चितवनको राप्ती नदी किनारमा मृत भेटिएको बाघ ।

वसन्त पराजुली

नारायणगढ, जेठ ६ गते । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत सौराहाको खोरमा थुनेर राखिएको बाघ मरेको छ । शनिवार एक्कासी विरामी परेको पोथी बाघ आइतवार मरेको निकुञ्जले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार करिव १० वर्षको सो बाघ गत मंसिर पहिलो हप्तावाट सौराहानजिक बाघखोर वनाएर थुनेर राखिएको थियो । निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत लोथर नजिकैको कासघारीमा दुई जना मानिसलाई मारेर खाएपछि सो बाघलाई नियन्त्रणमा लिइएको थियो । 

बाघको मृत्युको सम्वन्धमा खुल्न सकेको छैन । यद्यपि यो वाघ नियन्त्रणमा लिएकै दिनदेखि खुट्टामा चोट लागेको अवस्थामा थियो । घाइते अवस्थामा उद्धार गरी खोरमा थुनेर बाघको उपचार गरिदै आए पनि अहिले मरेको छ । चालु आर्थिक वर्षमा चितवनमा सात वाघ मरेका छन् ।

सन्  २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ रहेकोमा सवैभन्दा वढी १२८ वटा  चितवन निकुञ्जमा देखा परेका थिए ।