• ७ जेठ २०८१, सोमबार

सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ

blog

सङ्खुवासभा, साउन १४ गते । सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

जिल्ला बाहिरबाट आएकाहरुमा कोरोना भाईरसको लक्षणसँग मिल्ने बिरामी पाएपछि एन्टिजेन्टबाट परीक्षण गरिएको हो । कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिनुभयो । संक्रमितहरुलाई नगरपालिको निगरानीमा होम आईसोलेसनमा राखिएको उहाँले बताउनुभयो ।

जिल्लामा सवै पालिकाहरुमा परिक्षण गर्न तयारी अवस्थामा रहको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो । सवै स्थानीय तहहरुमा तालिम प्राप्त ल्याबका कर्मचारी र आवश्यक सामग्री पर्याप्त ब्यवस्था गरिएको उहाँको भनाई छ । जहाँ पनि जहिले पनि संकास्पद बिरामीको परीक्षण गर्न सकिने उहाँले बताउनुभयो ।

Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।