६ वर्षदेखि केन्द्र विवाद, सेवा लिन सास्ती
वडा स्थापना भएको ६ वर्ष बित्दा पनि धनकुटाको सहिदभूमी गाँउपालिका वडा नम्बर एकको केन्द्र अझै टुङ्गो लागेको छैन ।
चार दिनदेखि बेपत्ता पूर्णबहादुरको उद्धार
हिमाली भेगको चरनक्षेत्र (खर्क) मा आइतबारदेखि बेपत्ता हुनुभएका भेडापालक फुङ्लिङ नगरपालिका–११ फावाखोलाका ६४ वर्षीय पूर्णबहादुर विष्टको सकुशल उद्धार गरिएको हो।
अलपत्र खेलमैदान निर्माण गर्न नगरपालिकाको ध्यानाकर्षण
फिदिम मावि खेलमैदान निर्माणका लागि ठेक्का लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्पर्कमा आएर काम सुरु गर्न फिदिम नगरपालिकाले सचेत गराएको छ ।
ताप्लेजुङमा ६ जनामा डेङ्गु सङ्क्रमण
शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो ।
बाढी नियन्त्रणमा प्रभावकारी 'प्रोकोपाइन' प्रविधि
बाढीसँगै बगेर आउने बालुवा, माटो, लेदो, ढुङ्गा गेगर लाई रोकेर काट्न हुनबाट जोगाउने काम 'प्रोकोपाइन'ले गर्दै आएको छ ।
कोशी प्रदेश मुख्यमन्त्रीसँगै केही मन्त्रीको शपथ आज
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिनुहुनेछ ।
डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द
सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।
खडेरीले मकै बाली नष्ट
अरुण गाउँपालिका अन्तर्गत पर्ने जरायोटार र सिक्रेटारमा सुक्खा खडेरीका कारण मकै डढेर नष्ट भएको छ। स्थानीय १२० जना कृषकले १७० हेक्टर क्षेत्रफलमा लगाएको मकै पछिल्लो समय भएको सुक्खा खडेरीले नष्ट भएको हो। असार साउनमा भारी वर्षा हुनुपर्ने हो तर यो वर्ष आकाशे पानी नपर्दा किसानले लगाएको मकैलगायत अन्य खाद्यान्न बाली बारीमै सुकेको छ। कृषकको जीविकोपार्जनको सहारा भनेकै खेतको धान र बारीको मकै हो। किसानले खेत बारीमा लगाएको धान, मकै बेचेर घरायसी खर्च र छोराछोरीको पढाइ खर्च टार्दै आएका छन्।
सरकारी कार्यालयमा छैनन् स्तनपान कक्ष
विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अत्यधिक सेवाग्राहीको भिड हुने कार्यालयमा पर्दछ। मङ्गलबार पनि नागरिकता बनाउन आउने र राहदानीको फोटो र फाराम भर्नेको लाइन छिचोल्न मुस्किल जस्तै थियो। त्यहि भिडमध्ये काखे नानी च्यापेर गोलघरमा मङ्गलबार पालो पर्खने आमाहरू पनि हुनुहुन्थ्यो। अनुहारमा पसिना बगिरहेको थियो, काखमा निदाइरहेका नानीलाई सम्हाल्न मुस्किल देखिन्थ्यो।
विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि......
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ ।
प्रहरीले वन कार्यालयलाई बुझायो मृगको पाठा
ताप्लेजुङमा स्थानीयले फेला पारेको मृगको पाठा प्रहरीमार्फत वन कार्यालयलाई बुझाइएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा फेला परेको मृगको पाठा (बच्चा) लाई मङ्गलबार वन कार्यालयलाई बुझाइएको हो।
कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिका २०८० जारी
कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावरबाट पीडित हुँदै आएका मध्यवर्ती क्षेत्रका बासिन्दाले जनावरको आक्रमणमा परी ज्यान गुमाएमा १० लाख क्षतिपूर्ति पाउने भएका छन् ।
कोशीको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापाको दाबी
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले गठबन्धन दलको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको छ ।
कोशी प्रदेशका सभामुखको राजीनामा
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ। कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल दुई गठबन्धनमा आबद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा गर्नुभएको हो।
उच्च हिमाली क्षेत्रको खर्कमा भेडा
समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेका भेडा ।
कोशी प्रदेश सरकार गठनका लागि दाबी गर्ने गठबन्धनको तयारी
कोशी प्रदेश सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिनुभएको समय आज सकिँदैछ ।
पञ्चेबाजा संरक्षणमा महिला
दाङको तुलसीपुर उपमहानगरपालिका–४ मझुवा रक्षाचौरका महिलाहरू समूहमा आबद्ध भएर बचतसँगै पञ्चेबाजा संरक्षणमा जुटेका छन् ।
जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ
झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको हो ।
ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने बर्सेनि बढ्दै
ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने बर्सेनि बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बर्षेनि बढ्दै गएको पाइएको हो ।
अस्पतालजन्य फोहोर सडकमा
झापाको दमक नगरपालिकाभित्रका डेन्टल अस्पताल तथा अन्य अस्पताल र क्लिनिकले प्रयोग गरेका सिरिन्जलगायतका संवेदनशील औषधीजन्य फोहोर सडकमा फाल्ने गरेका छन्। अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा घातक असरसम्म पर्ने गर्दछ। क्लिनिक तथा अस्पतालले फोहोर व्यवस्थापन गर्ने कुनै उपकरण नराख्ने र रातको समयमा खोलानाला तथा सडकमा फ्याँक्ने गरेको पाइएको हो। दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले सडक तथा खोलानालामा फ्याँक्ने गरेको बताउनुभयो।
फूलको पहाड बनाउन श्रमदान
खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रमा जन श्रमदानमार्फत फूलका बिरुवाहरू रोपिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा पर्ने मझुवागढी क्षेत्रमा शनिबार बिहान बृहत् जन श्रमदानमार्फत फूलका करिब १५ हजार बिरुवा रोपिएको हो। मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने नगरपालिकाको अभियान अन्तर्गत अघिल्लो वर्ष पनि केही बिरुवा रोपिएका थिए। यस वर्ष भने फूलको पहाड बनाउने योजनालाई बृहत् रूपमा अघि बढाइएको छ। करिब २५० जनाको उपस्थितिमा दिक्तेल बजारको हाडडाँडादेखि कालिका भगवती मन्दिर परिसरसम्म फूलका बिरुवा रोपिएको छ। मझुवागढीको माथिल्लो क्षेत्रसम्म पुग्नका लागि हाडडाँडाबाट निर्माण गरिएको सिँढीको वरिपरि हुँदै मन्दिर एवं गुफाको परिसरमा करिब १५ प्रजातिका फूलका बिरुवा रोपिएका छन्।
दिप्रुङ चुइचुम्माले हटायो ५७ जना कर्मचारी
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ ।
विकासको नाममा अरुको सिको नगरौं : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा बाह्य संस्कृति भित्र्यउन नहुने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा मन्त्री किरातीले पर्यटन बिकासको नाममा अन्य देशको सिको गर्न नहुने बताउनुभएको हो ।