एसवाई प्यानलबाट बनाइएको घर
सुनसरीको इनरुवा–८ का स्थानीयले एसवाई प्यानलबाट घर निर्माण गरिएको छ । सस्तोमा आकर्षक घर बन्ने भएपछि अहिले एसवाई प्यानलप्रति मानिसको आकर्षण बढ्दै गएको छ ।
मोरङमा मात्र आठ सय ६५ डेङ्गुबाट सङ्क्रमित
मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हँुदै गएको छ ।विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् ।
पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेले र वडा ७ सुरुम्खिमका बाढीपहिरो प्रभावित परिवारलाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिले राहत सामग्री वितरण गरेको छ ।
भोजपुरका किसानको मुख्य समस्या नै बाँदर
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।
रोङको पहिचान नै गुन्द्रक र सिस्नो बन्नेमा ढुक्क छौँ
इलामको प्रवेशद्वारका रूपमा रहेको रोङ गाउँपालिका भएरै मेची राजमार्ग जान्छ। भारत र झापा जिल्लासँग सीमा जोडिएको यो गाउँपालिका भौगोलिक रूपमा निकै विकट छ। भौगोलिक विकटताका कारण नै रोङको विकास निर्माणमा पनि निक्कै कठिनाइ छ। १५५.२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा लोपोन्मुख लाप्चा जातिको बसोबास रहेको छ। कृषिलाई मुख्य व्यवसायका रूपमा अँगालेका यहाँका किसानको जीवनस्तर भने धेरै माथि जान सकेको छैन। यिनै विषयवस्तुमा केन्द्रित भएर नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा विजयी मनिकुमार स्याङ्बोसँग गोरखापत्रका प्रेम अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश :
चटपटे बेचेर तीनतले घर
सप्तकोशी नदीको किनार क्षेत्रमा पर्ने सुनसरीको एउटा गाउँको रूपमा रहेको प्रकाशपुरको मङ्गलबारेका मदन चन्द्रवंशी प्रकाशपुरका लागि कुनै नौलो नाम हैन। साना बोली फुटेका केटाकेटीदेखि कपाल फुलेका बुढापाकाहरूले समेत मदनलाई चिन्छन्। उहाँले यो परिचय कुनै नौलो काम गरेर कमाउनुभएको हैन। मदनको परिचय चटपटे बनाउने सिपले बनाएको हो।
त्रियुगा पुल एक वर्षमा निर्माण सम्पन्न गर्न यातायातमन्त्रीको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
कोशीमा सहमतीय सरकार उत्तम विकल्प : मन्त्री किराती
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले कोशी प्रदेश सरकारमा सर्वदलीय र सहमतिको सरकार नै उत्तम विकल्प भएको बताउनुभएको छ ।
बाढीग्रस्त क्षेत्रमा तटबन्ध निर्माण गर्न योजना माग
ताप्लेजुङमा गत असार पहिलो साता भीषण वर्षासँगै नदी तथा खोलामा आएको बाढीले जोखिम बनाएको क्षेत्रमा तटबन्ध निर्माणका लागि योजना माग गरिएको छ ।
धरानमा डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
पछिल्लो समय सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु तीव्र गतिमा फैलिँदै गएको छ । जेठ तेस्रो साता यता धरानमा डेङ्गु सङ्क्रमणबाट ८ जनाले ज्यान गमाइसकेका छन् भने सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा बढी छ
परिवार सुतेका बेलामा घरमा आगो लगाएपछि...
तेह्रथुम जिल्लाको छथर गाउँपालिका–६ सुदापस्थित महाविरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् ।
मेडिकल र डेन्टल सञ्चालकलाई जरिवाना
बिक्री गर्न र प्रयोग गर्न नपाइने निषेधित औषधि बिक्री तथा प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले इलामका एक मेडिकल सञ्चालक र एक डेन्टल सञ्चालकलाई जरिवाना गरेको छ ।
एक सयभन्दा बढी घरमा बिजुली
नेपाल विुद्युत प्राधिकरण, सुनकोशी गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको सहकार्यमा सौर्य मिनिग्रिड स्थापना गरि ककनीमा विद्युत सेवा विस्तार गरिएको हो ।
टिप्पर दुर्घटनामा दुई घाइते, एक गम्भीर
मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हिलिहाङ –७ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
जोखिम मोलेर खोला तर्दै पर्यटक
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक
पर्यटकीय क्षेत्र पाँचधारे डाँडा
भोजपुर, साउन १४ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा । तस्बिर : युवराज विष्ट:रासस
पहिरो पीडितका लागि टहरा निर्माण कार्य तीव्र
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बाढी पहिरोका प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माणको कार्य तीव्र पारिएको छ । पहिरोको उच्च जोखिममा परेका बस्तीलाई एकीकृत बस्तीका रूपमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि अस्थायी टहरा निर्माण कार्यलाई तीव्र पारिएको हो ।
इलामको अन्तुमा सुतेकै अवस्थामा मृत फेला
इलामको सूर्योदय नगरपालिका ४ को एक होटेलमा हेटौँडा उपमहानगरपालिकाकान सवारी चालक मृत फेला परेका छन् ।
कोशी सरकारबारे छलफल
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनको विषयलाई लिएर छलफल गर्नुभएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा शनिबार छलफल गर्नुभयो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा बहुमत पु-याएर सरकार गठन गर्ने वातावरण तयार गर्न छलफल थालिएको बताउँदै प्रदेश सभाका अन्य दलसँग पनि छलफल गरेर यो विषय टुङ्गो लगाइने बताउनुभयो।
महिनामा एकदिन श्रमदान अनिवार्य
यहाँको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो ।
३० महिना बित्दा पनि सञ्चालनमा आएन आइसियू
दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर सञ्चालन गरेको थियो ।
पर्यटकको मनै लोभ्याउने ‘लोदेन’
जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ ।
सिदिङ्वाका पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकाका बाढीपहिरो पीडित तथा प्रभावित परिवारलाई करिब १६ लाख रुपियाँ राहत रकम वितरण गरिएको छ। सिदिङ्वा गाउँपालिका विपद् सहयोग अभियानमार्फत सङ्कलन गरिएको राहत रकम बाढीपहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो।
पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण गरिँदै
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । एकीकृत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरक्षण थालिएको हो ।