• १५ मंसिर २०८१, शनिबार

पर्यटकीय क्षेत्र सुकेटारमा सीसी क्यामेरा जडान

blog

सुकेटार क्षेत्रमा जडान गरिएको सीसी क्यामेरा । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका –६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सीसी क्यामेरा जडान गरिएको छ । सुकेटार क्षेत्रको शान्ति सुरक्षा समेतलाई दृष्टिगतगरी सीसी क्यामरा जडान गरिएको हो ।

फुङ्लिङ नगरपालिका –६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँचवटा सीसी क्यामेरा जडान गरिएको वडाअध्यक्ष मदन गुरुङले जनकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सीसी क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार सीसी क्यामेरा थप गर्ने योजना रहेको उहाँको भनाइ छ ।

यस्तै, सुकेटारमा फोहोरमैला बिसर्जन गर्न ३० वटा डस्टविन (फोहोर दानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ । प्राय, आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुनेगरेको छ ।