• १५ मंसिर २०८१, शनिबार

पाइलटको कमजोरीले मनाङ एयरको हेलिकप्टर दुर्घटना

blog

सफा मौसम भए पनि सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका– ४ लबुचेमा अवतरणका क्रममा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर । तस्बिर: कामिनीमा शेर्पाको फेसबुकबाट

काठमाडौँ, असोज २७ गते । अवतरणका क्रममा सन्तुलन मिलाउन पाइलटले कमजोरी गर्दा मनाङ एयरको हेलिकप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका–लबुचेमा शनिबार बिहान दुर्घटना भएको छ ।

खुम्बुमा बिरामी ल्याउन उडेको हेलिकप्टर लबुचेमा अवतरण गर्ने क्रममा पाइलटले कमजोरी गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । शनिबार बिहानको मौसम सफा भए पनि हेलिकप्टर पाइलटले कमजोरी गरेको स्थानीय होटेल सञ्चालकहरूले समेत बताएका छन् । 

दुर्घटना बिहान करिब ८ बजे भएको प्रहरी चौकी लुक्लाका प्रमुख डम्बर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरमा पाइलट पिके सेढाइ थिए । उहाँलाई सामान्य घाइते भएको र अर्को हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

गत असार २६ गते सोलुखुम्बुमै मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने दुई महिना नबित्दै फेरी यसै कम्पनीको अर्को दुर्घटना भएको छ ।