ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी
ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ ।
पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा
पाकिस्तानले आज (शुक्रबार) थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् ।
म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग
म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज (शुक्रबार) प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन
अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ ।
श्रीलङ्कामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौती गर्ने घोषणा
सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ ।
सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो सर्त
संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरशः पालना हुनुपर्ने सर्त अघि सारेको छ ।
उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा
कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ ।
आज प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबिच भेटवार्ता हुँदै
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (बिहीबार) भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
फिलिपिन्समा रेडियो पत्रकारको हत्या
फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज (बुधबार) हत्या भएको हो ।
उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल
प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाको आफ्नै भवन
गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक विशेष समारोहबिच मुटु रोग विशेषज्ञ डा. भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गर्नुभयो ।
जम्मु बस दुर्घटना : १० जनाको मृत्यु, ५५ घाइते
जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज (मङ्गलबार) बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् ।
इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना
टालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । २० जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको छ ।
श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने
श्रीलङ्काका साप्ताहिक रूपमा प्रदान गर्दै आएको इन्धन कोटा बढाउने भएको छ । ऊर्जा मन्त्री कञ्चना विजेसेकराले बढेको नयाँ इन्धन कोटा मे ३० मध्यरातबाट उपलब्ध हुने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पुनः निर्वाचित भएकामा एर्दोगानलाई बधाइ
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिनु भएको छ ।
एर्दोगान टर्कीको राष्ट्रपतिमा पुन : विजयी
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनु भएको छ । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उहाँले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याउनु भएको छ ।
चिनियाँ विमानवाहक जहाज ताइवान स्ट्रेट हुँदै अगाडि बढ्यो
शान्डोङ विमानवाहक सहित तीनवटा चिनियाँ जहाजहरू शनिबार ताइवान स्ट्रेट हुँदै पार भएको यहाँको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ ।
उत्तरी चीनमा पटाका विस्फोट हुँदा चारको मृत्यु
उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।
चीन–भुटान सीमा बैठक सम्पन्न
चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो ।
‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।
अवतरणका क्रममा विमानको ढोका खुलेपछि...
विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागे नलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ ।
सुरक्षा र खाद्यान्नसहित अनेकौँ चुनौतीबीच सुडानी शरणार्थी
युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ ।
क्यानडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना
क्यानडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट वञ्चित
दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट वञ्चित भएका छन् ।