• १६ चैत २०८०, शुक्रबार

म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

blog

नोमपेन, जेठ १९ गते । म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज (शुक्रबार) प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

म्यान्मा सरकारले चक्रवात मोचाबाट प्रभावित भएकाहरूका निम्ति जारी राखेको सहायता कार्यक्रममा थप सहयोग गर्न मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गरिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चक्रवात मोचाबाट म्यान्माको रखाइन राज्यमा सयौँले ज्यान गुमाएका छन् भने भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । सहायता रकम कम्बोडियाका लागि म्यान्माका राजदूतलाई  विदेश मन्त्रालयमा हस्तान्तरण गरिएको हो । चक्रवाताका कारण म्यान्मामा भएको जनधनको क्षतिप्रति कम्बोडियाले गहिरो दुःख व्यक्त गरेको छ । रासस/सिन्ह्वा