रुसले आणविक हतियार बेलारुस पठायो
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाउनु भएको द हिलले उल्लेख गरेको छ ।
क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो
क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ ।
भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण, भारत–अमेरिका व्यापार सम्बन्धमा काम गर्ने अवसर
अमेरिकी प्रतिनिधि अमी बेराले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ ।
बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु, १० घाइते
क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन आक्रमण
एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् ।
भारत–अमेरिका साझेदारी नयाँ चरणमा पुग्ने विश्वास
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत–अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक कूटनीतिज्ञले बताएका छन् ।
रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा
नयाँ राजदूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ ।
निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु, ३५ जना बेहोस
अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् ।
मृत घोषित महिला पाँच घण्टापछि जीवित
चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् ।
संरचनागत सुधार र नीतिगत हस्तक्षेपका कारण प्रतिस्पर्धीलाई उछिन्दै उन्नयनको बाटोमा भारतको अर्थतन्त्र
कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतको अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे ।
आफैँ ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि...
राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धूमधामसँग बिहे गराएका हुन् ।
फ्रान्समा ११ वर्षीया बेलायती बालिकाको गोली हानी हत्या
फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती कन्याको आइतबार गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैँचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो ।
रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण
रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ ।
अमेरिका जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने
संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा गरेको छ ।
इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन
इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो ।
चक्रवात बिपरजोयको प्रभाव मुम्बईमा पनि, हवाई उडान प्रभावित
भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
अष्ट्रेलियामा विवाहका पाहुना बोकेको बस दुर्घटना, १० जनाको मृत्यु
अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
चीनको नानजिङ र बङ्गलादेशबीच हवाई मार्गमार्फत कार्गो सेवा सञ्चालन
पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ ।
साउदी अरबमा सुरक्षा अधिकारीको हत्या अभियोगमा तीन जनालाई मृत्युदण्ड
साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ ।
श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये २५ प्रतिशत विद्यालय जाने बालबालिका
श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये करिब २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेको यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतबार बताएका छन्।
डढेलोमा परी पूर्वी कजाकिस्तानमा तीन जनाको मृत्यु
पूर्वी कजाकिस्तानको अवाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
पाकिस्तानमा भीषण वर्षाका कारण २८ जनाको मृत्यु, १४० घाइते
पाकिस्तानको खैबर पख्तुनख्वा र पन्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।
विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार
जीवन र मृत्युलाई लिएर गाउँघरमा बुढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिँदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन।
अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा
अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले पाँच हजार कम्पनीहरू सञ्चालन गरिरहेको बताउनुभएको छ ।