• ११ मंसिर २०८१, मङ्गलबार

अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा

blog

काबुल, जेठ २७ गते । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले पाँच हजार कम्पनीहरू सञ्चालन गरिरहेको बताउनुभएको छ ।

स्थानीय टेलिभिजन च्यानल टोलो न्यूजले उल्लेख गरेअनुसार मन्त्रीले भन्नुभएको छ, ‘हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन । महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन् ।’

तालिबानी सरकार महिला अधिकार विरोधी रहेको चौतर्फी आलोचनाका बीच यो विवरण सार्वजनिक भएको हो । रासस/सिन्ह्वा