बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून
बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।
द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।
थाइल्याण्डमा विद्यालयको छाना खस्दा सातको मृत्यु, २३ घाइते
त्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिनु भएको छ ।
प्रधानमन्त्री मोदी तीन देशको भ्रमण पूरा गरी स्वदेश फर्कँदै
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको भ्रमण पूरा गरी आज राति स्वदेश फर्कँदै हुनुहुन्छ ।
सोमालिया, इथियोपिया र केन्याका ७० लाख बालबालिका कुपोषणको सिकार
अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको सिकार भएका राष्ट्र सङ्घीय बालकोषले जनाएको छ ।
युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन
मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
गयानाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु
गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
पपुवा न्युगिनी र अमेरिकाबीच सुरक्षा सम्झौतामा हस्ताक्षर
पपुवा न्युगिनीले सोमबार संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र बन्दरगाहहरूमा पहुँच प्रदान गरेको छ ।
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जलि
कांग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलिका शब्द लेख्नुभएको छ । पूर्व प्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।
लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प
बेइजिङ समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।
दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु
दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी सहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो
श्रीलङ्काको एक अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ ।
पाकिस्तानमा राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् । पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशकोभन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेस गरिएको तथ्याङ्कलाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले जनाएको छ ।
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ ।
पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै, कूटनीतिक कर्मचारीको तलब रोकियो
पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ ।
बेलायतमा नेपाली श्रमिक शोषणप्रति आपत्ति
बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् ।
‘चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’
चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ ।
पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु
पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् ।
मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु
म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।
दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन नयाँ शिविर खुल्दै
दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ ।
तुर्किएको चुनावमा उच्च मतदान ‘लोकतन्त्रको जित’ : इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई ‘लोकतन्त्रको विजयको सङ्केत’ भएको बताउनुभएको छ ।