• ११ मंसिर २०८१, मङ्गलबार

दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन नयाँ शिविर खुल्दै

blog

जुबा, जेठ २ गते । दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले सोमबार दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय दिइरहेको छ । ती आश्रय लिइरहेका शरणार्थीलाई बसोबास गर्न जग्गा छुटाउने निर्णय गरिएको मानवीय मामिला तथा विपद् व्यवस्थापन मन्त्री अल्बिनो अकोल अटकले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

उहाँले सुडानसँगको सीमा नजिक रहेको रिसेप्सन सेन्टरबाट शरणार्थीलाई नयाँ शरणार्थी शिविरमा स्थानान्तरण गर्न सरकारले मानवीय साझेदारसँग समन्वय गरिरहेको पनि जनाकारी दिनुभएको छ । 

मन्त्री अटकले शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीलगायतका निकायले शरणार्थीलाई आश्रय दिने, विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गर्ने र आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले नयाँ शिविरमा यातायातको व्यवस्था गरिरहेको पनि बताउनु भएको छ । रासस/सिन्ह्वा