टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए
टोकियोको हानेदा विमानस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।
चीनको विद्युतीय कार बिक्री ६० प्रतिशतले बढ्यो
चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स’ को तथ्याङ्कले देखाएको छ।
प्यालेस्टाइनी राष्ट्रपतिले अर्को हप्ता चीनको भ्रमण गर्ने
प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । बेइजिङले शुक्रबार जनएअनुसार चीनले इजरायल–प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्न तयार रहेको बताएपछि सो भ्रमण हुन लागेको हो ।
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ ।
ट्युनिसिया सेनाको हेलिकोप्टर बेपत्ता
चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकोप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै
सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ ।
‘महासागर जापानको निजी ढल होइन’
चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ ।
सडक दुर्घटनामा २४ यात्रुको मृत्यु
अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशमा दशकौँ यताकै गर्मी, विद्युत कटौतीसँगै विद्यालय बन्द
ढाका, जेठ २४ गते । बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ ।“सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौँ,” बङ्गलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भन्नुभयो ।सरकारले दशौं हजार प्राथमिक विद्यालयहरू बन्द गरिदिएको छ र एयर कन्डिसनर र पङ्खाहरूको माग बढेपनि बिजुली उत्पादनमा भारी कटौती गरिएको छ ।सोमबार, देशले सरकारले कोइलालाई इन्धनका लागि खर्च गर्न असमर्थ आफ्नो सबैभन्दा ठुलो पावर प्लान्टमा सञ्चालन स्थगित गर्न बाध्य भएको जानकारी गराएको थियो ।गत वर्ष अमेरिकी डलरको तुलनामा बङ्गलादेशी टाकाको मूल्य करिब २५ प्रतिशतले अवमूल्यन भएको थियो, जसले गर्दा इन्धन आयात र विद्युत उपयोगिताको लागत बढेको छ ।अन्य प्लान्टहरूले माग पूरा गर्न सकेका छैनन्, जसका कारण घण्टौँसम्म लोडसेडिङ भएको छ । रासस/एएफपी
सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास
करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो ।
प्रधानमन्त्री मोदीलाई अमेरिकी संसदमा सम्बोधनको निम्तो
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
युक्रेनको बाँध भङ्गले ‘रुसको युद्धको क्रूरता’ देखाउँछ : नेटो प्रमुख
नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन (आक्रमण) भएकामा निन्दा गर्नुभएको छ ।
अफगानिस्तानमा विष्फोट हुँदा डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु, छ घाइते
अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
युक्रेनमा काखोभका बाँध नष्ट
काखोभका जलविद्युत बाँध पटक पटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्वजनिक टिप्पणी गरेका हुन् ।
फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा
फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्याण्ड आइपुग्नु भएको छ ।
लुम्बिनी र कपिलवस्तु अखण्ड भारतको नक्सामा समेटिनु आपत्तिजनक
छिमेकी मुलुक भारतको हालै नयाँ संसद्को उद्घाटन भयो । संसद् भवनमा अखण्ड भारतको नक्सा राखिएको छ । नेपालको कपिलवस्तु र लुम्बिनीसमेत समेटिएको सो नक्सा यतिबेला विवादित छ । अखण्ड भारत नामक सो नक्सामा राखिएको नेपाली भूगोलको सही पहिचान गरेर यसको कूटनीतिक पहल लिनुपर्ने विज्ञहरू बताउँछन् ।
अफगानिस्तानमा ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको पुष्टि
अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।
भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा
शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् ।
डुङ्गा डुब्दासात छात्राको मृत्यु
गिनीमा सोमबार डुङ्गा डुब्दा कम्तीमा सात छात्राको मृत्यु भएको छ ।
यमन शान्ति प्रक्रियाबारे छलफल
यमनमा जारी युद्धविरामलाई स्थायी शान्ति प्रक्रियामा बदल्न यमनी पतिनिधि । संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिबीच साउदी अरबको रियादमा भेटवार्ता भएको छ ।
गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु
खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।
उडिसा रेल दुर्घटना : २६१ जनाको मृत्यु, नौ सय बढी घाइते
उडिसा राज्यको बालासोरमा द्रुत गतिमा हुइँकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छ भने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् ।
पश्चिमी अस्ट्रेलियामा आठ सय किलो कोकिन बरामद, तीन पक्राउ
अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार आठ सय किलोग्रामभन्दा बढी कोकिन बरामाद गरेको छ । सो लागू पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ ।