• ११ मंसिर २०८१, मङ्गलबार

भारत र मलेसियाबीचको सम्बन्ध जनस्तरमा पनि सुदृढ हुँदै

blog

क्वालालम्पुर, जेठ २५ गते । सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ । भारतका विदेश राज्यमन्त्री वी मुरलीधरनको हालैको भ्रमणले द्विपक्षीय सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुगेको मलेसियामा रहेका भारतीय मूलका नागरिकले बताएका छन् ।

भ्रमणका क्रममा राज्यमन्त्री मुरलीधरनले मलेसियाको प्रतिनिधिसभाका सदस्य एम।कुला सेगरन, डेमोक्रेटिक एक्सन पार्टीका राष्ट्रिय उपाध्यक्ष र अन्य वरिष्ठ सदस्यका साथै मलेसियाली सशस्त्र बल सिख भेटरन एसोसिएसनका सदस्यसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

राज्यमन्त्री मुरलीधरनले भारतीय मूलका मलेसियाली नागरिकका साथै कामको सिलसिलामा त्यहाँ रहेका भारतीय नागरिकलगायत मलेसिया सरकारका उच्च अधिकारीसँगको भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने र जनता–जनताबीचको सम्बन्धलाई अझ सबल बनाउने विषयमा  छलफल गर्नुभएको क्वालालम्पुरस्थित भारतीय दूतावासले जनाएको छ । उहाँले भारत–मलेसिया सम्बन्ध प्रवर्द्धनमा भारतीय ‘डायस्पोरा’ले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

भ्रमणका क्रममा विदेश राज्यमन्त्रीले नेताजी वेलफेयर फाउन्डेसन र नेताजी सेवा केन्द्रका पदाधिकारीसँग भेटघाट गर्दै मलेसियामा नेताजी सुवास चन्द्र बोसको विरासतको संरक्षणमा फाउण्डेसनले निर्वाह गरेको भ्रमीकाको सराहना गर्नुभएको थियो । रासस/एएनआई