जोर्डनले सिरियासँगको सीमामा ड्रोन खसाल्यो
जोर्डन सशस्त्र बलले आफ्नो पूर्वी क्षेत्रीय सेनाले सिरियाबाट आउँदै गरेको ड्रोनलाई खसालेको छ बताएको छ । यो महिना दिनभित्रको तेस्रो ड्रोनलाई रोकिएको हो ।
भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते
भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने
जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ ।
दक्षिणपश्चिम चीनमा पहिरोमा परी सात जनाको मृत्यु
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।
श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने घोषणा
श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।
अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ : तालिबान
तालिबान नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउनुभएको छ ।
होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी
लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कर्फ्युको घोषणा गर्नुभएको छ ।
‘जर्मनीले रुसमा भएका घटनालाई नजिकबाट नियालेको छ’
जर्मनीले रुसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
आणविक सुरक्षा बारे रुसमा छलफल
रुसको रोसाटोम स्टेट कर्पोरेसनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ ।
फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गर्नुभएको छ ।
सुरक्षाको कारण देखाउँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया
क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानुन अपनाएको छ ।
टर्किएमा आणविक ऊर्जा प्लान्टको प्रदर्शनी
इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।
श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो
श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ ।
युक्रेन आक्रमणले क्रिमियाको पुलमा क्षति
जारी हड्तालले रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिणी युक्रेनको क्षेत्रसँग गाभिएको क्रिमियन प्रायद्वीपलाई जोड्ने पुलमा क्षति पुगेको छ । रुसी अधिकारीले बिहीबार यसबारे टिप्पणी गरेका छन् ।
चीनद्वारा अमेरिकालाई अपराधीको आश्रयस्थल नबन्न अनुरोध
चीनले अमेरिकालाई आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ ।
होन्डुरसको महिला कारागारमा भएको दङ्गामा ४१ कैदीको मृत्यु
होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो।
पश्चिमा हतियारको बलमा क्रिमियालाई निशाना नबनाउन रूसद्वारा युक्रेनलाई चेतावनी
युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मङ्गलबार मस्कोले दाबी गरेको छ ।
भारतका प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु भएको छ ।
अमेरिकाको टेक्ससमा सवारी दुर्घटना : दुई नेपालीको मृत्यु, चार घाइते
टेक्ससस्थित टाइलरमा शनिबार भएको सडक दुर्घटनामा परी दुईजना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कतार र युएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना
कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् ।
भारतमा अत्यधिक गर्मीका कारण ९८ जनाको मृत्यु
भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए
फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ ।