राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
गुजरात उच्च न्यायालयको आदेशविरुद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
टिकटकप्रति अमेरिकी प्रहार : राष्ट्रिय सुरक्षामा जोखिम
अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।
कोरियामा भीषण बाढी, ५० जनाको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सात जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालकसहित चार जनाको शव निकालिएको थियो ।
औषधि अभावमा नौ हजार क्यान्सर पीडितको जीवन जोखिममा
अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।
‘अमेरिकासँग वार्ता हुँदैन’– उत्तर कोरिया
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् ।
जैविक विविधता संरक्षण गर्न अर्थमन्त्री डा. महतद्वारा हरित ऊर्जामा जोड
अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय तथा जैविक विविधताको संरक्षण गर्न हरित ऊर्जाको स्रोतका रूपमा जलविद्युत् विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
यूएईका उद्यमीहरू नेपालमा लगानी गर्न इच्छुक
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित : डब्लुएफपी
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ ।
युक्रेनको पूर्वमा भीषण भिडन्त , खाद्यान्न सम्झौता सङ्कटमा
युक्रेनलाई कालो सागरमार्फत आफ्नो अनाज निर्यात गर्न अनुमति दिने सम्झौता इस्तानबुलको स्थानीय समय अनुसार सोमबार राति ११ बजे समाप्त हुनेछ ।
बैङ्ककमा विदेशमन्त्रीस्तरीय बिम्स्टेक बैठक सुरु
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि सुरु भएको छ ।
उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका
ह्वाइट हाउसका वरिष्ठ अधिकारीले उत्तर कोरियाले गत साता अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अर्को आणविक परीक्षण गरेमा अमेरिका आश्चर्यचकित नहुने बताउनुभएको छ ।
दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या सैँतीस पुग्यो, नौ जना बेपत्ता
दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् ।
ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ
एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ ।
कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।
विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह
चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् ।
भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ
सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।
कोरियामा भीषण बाढी, सात जनाको मृत्यु
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।
भारतद्वारा मानवरहित चन्द्रयान–३ प्रक्षेपण
भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ ।
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको अन्त्य’ सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।
थाइल्याण्डको संसदमा अर्को हप्ता प्रधानमन्त्रीका लागि पुनः मतदान हुने
थाइल्याण्डको संसद्ले अर्को हप्ता नयाँ प्रधानमन्त्रीका लागि पुनः मतदान गर्ने पुष्टि शुक्रबार गरेको छ ।
लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी
लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।
एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा
समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पन्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् ।
भारतका प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण : सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्कनुभएको छ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुने उहाँको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुनेछ ।
केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन : छ जनाको मृत्यु
केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् ।