चीनमा बाढीले जनजीवन प्रभावित : १४० वर्ष यताकै बढी वर्षा
चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो।
चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण
चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
फ्रान्सद्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह
फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह गरेको छ ।
रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु
रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ ।
एक सय चालीस वर्षपछि बेइजिङमा भीषण वर्षा
चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।
पाँच छिमेकीसँगको सिमाना खोलेको नाइजरको घोषणा
सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ ।
पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी
इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ ।
शरणार्थी शिविरमा झडप, ११ को मृत्यु
दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।
लिटिल ब्वाय पड्कनु अघि ट्रुम्यानको छट्पटी
सन् १९४५ अगस्त ६ मा पहिलो पटक जब परमाणु बम हिरोसिमामा पड्काइयो तबदेखि मानव जाति परमाणु विध्वंसको भयमा बाँचिरहेको छ। ट्रुम्यानले राष्ट्रपति निर्वाचित भएको चार महिना नबित्दै परमाणु बम प्रहारका लागि आफ्नो सेनालाई आदेश दिनु परेको थियो। यस कारण यस परमाणु बमसँग ट्रुम्यानको जति ऐतिहासिक सम्बन्ध अरूको छैन। अमेरिकी विमानले हिरोसिमामा बम पड्काउँदा राष्ट्रपति ट्रुम्यान सोभियत सङ्घ अधीनस्थ जर्मन क्षेत्रमा आयोजित पोट्सड्याम सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा युएसएस अगस्ता पानीजहाजमा सवार थिए।
चीनको विनिर्माण क्षेत्रको गतिविधिमा लगातार चौथो महिना पनि सङ्कुचन
विश्वको दोस्रो ठुलो अर्थतन्त्रलाई उकास्ने उद्देश्यले अधिकारीहरूले नयाँ उपायहरू जारी गरेपनि जुलाईमा चीनको विनिर्माण क्षेत्रको गतिविधि लगातार चौथो महिना सङ्कुचित भएको तथ्याङ्कले सोमबार देखाएको छ ।
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैङ्कका प्रमुखद्वारा राजीनामा
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैङ्कका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिनुहुने भएको छ ।
पाकिस्तानको बाजौर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले सोमबार जानकारी गराउनुभएको छ ।
युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण
युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको तर कुनै पनि व्यक्तिको मृत्यु नभएको क्षेत्रीय गभर्नरले सोमबार बताउनुभएको छ ।
भारतीय रेलमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु
भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, ३५ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
मध्य रसियाको समुद्री तटमा रुखले किचेर सात जनाको मृत्यु
रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो ।
अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता
प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार जना सदस्यको कुनै अत्तोपत्तो नलागेको बताएको छ ।
भारतमा बाघको सङ्ख्या तीन हजार छ सयभन्दा बढी
लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयासको पुष्टि गर्दै शनिबार सार्वजनिक गरिएको नयाँ सरकारी तथ्याङ्कअनुसार भारतमा बाघको सङ्ख्या तीन हजार छ सय नाघेको अनुमान गरिएको छ ।
बङ्गलादेशमा व्यापक विरोध प्रदर्शन
बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोध प्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।
महाराष्ट्रको बुलढानामा सवारी दुर्घटना : छ जनाको मृत्यु, २१ घाइते
शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज (शनिबार) बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।
सुरक्षा परिषदद्वारा नाइजर सैन्य विद्रोहको निन्दा
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःशर्त रिहा गर्न आह्वान गरेको छ ।
चाँदनी र आशिषलाई इयू पत्रकारिता पुरस्कार
गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाल र द राइजिङ नेपालका पत्रकार आशिष कुमार मिश्रलाई ‘इयू मानव अधिकार पत्रकारिता पुरस्कार–२०२३’ प्रदान गरिने भएको छ ।
सिङ्गापुरमा २० वर्षपछि महिलालाई मृत्युदण्ड
अपराध नियन्त्रण गर्न मृत्युदण्ड प्रभावकारी हुने दाबी गर्दै आएको सिङ्गापुरले लागूऔषध तस्करीमा दोषी ठहरिएकी एक महिलालाई आज (शुक्रबार) मृत्युदण्ड दिएको छ ।
फिलिपिन्समा डुङ्गा दुर्घटना, ३० जनाको मृत्यु
क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छभने ४० जनाको उद्धार गरिएको छ ।