• ७ वैशाख २०८१, शुक्रबार

चीनमा बाढीले जनजीवन प्रभावित : १४० वर्ष यताकै बढी वर्षा

blog

बाढी प्रभावित क्षेत्र । तस्बिरः सिन्ह्वा

बेइजिङ, साउन १८ गते। चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिन यता हेबेई प्रान्तमा १४० वर्ष यताकै बढी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो।

 उत्तरी चीनको हेबेई प्रान्तको बाढी प्रभावित सहरमा एक हजारभन्दा बढी उद्धार टोलीले अहिले उद्धारको कार्य गरिरहेको सिन्ह्वाले जनाएको छ। सहरको पूर्वी भागमा भने स्थिति सामान्य सुधार भएको तर सहरको पश्चिमी भागमा बाढी जारी रहेकाले उद्धार कार्य भइरहेको छ। 

शनिबार बिहान ८ बजेदेखि मङ्गलबार बिहान ११ बजेसम्म झुओझोउमा औसत वर्षा ३ सय ५५ दशमलव १ मिलिमिटर पुग्नेगरी भारी वर्षा भएको स्थानीय अधिकारीले बताएका छन्। बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो।  

सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो। चीनको राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन्।