शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जिउक्वान, साउन १८ गते । चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च–४ सी वाहक रकेटद्वारा बिहान ११ः४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो । सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ । रासस/सिन्ह्वा