• १२ मंसिर २०८१, बुधबार

चाँदनी र आशिषलाई इयू पत्रकारिता पुरस्कार

blog

काठमाडौं, साउन १३ गते । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाल र द राइजिङ नेपालका पत्रकार आशिष कुमार मिश्रलाई ‘इयू मानव अधिकार पत्रकारिता पुरस्कार–२०२३’ प्रदान गरिने भएको छ । 

चाँदनी र आशिषसँगै २०२३ को यस पुरस्कार अर्का पत्रकार कालीमैया कुमारी चौधरी (उन्नती) लाई पनि प्रदान गरिने इयूले घोषणा गरेको छ । चाँदनीलाई उहाँले लेख्नुभएको ‘हटेन बालविवाह’ शीर्षकको आलेखलाई उक्त पुरस्कार प्रदान गरिन लागिएको हो । 

यस्तै आशिषलाई काठमाडौंको कपाली समुदायका बारेमा लेखिएको आलेखलाई र कालीमैयालाई सन्धान डटकम अनलाइनमा प्रकाशित ‘कमलरी प्रथा’ को विषयमा लेखिएको आलेखलाई पुरस्कार प्रदानको घोषणा गरिएको इयूले जनाएको छ ।

पुरस्कारका लागि प्रतिस्पर्धामा समावेश विभिन्न ब्यक्तिहरुको आलेखबाट तीन जनाको उत्कृष्ट आलेख छनोट गरिएको हो । 


यो पनि पढ्नुहोस

हटेन बालविवाह

Why can’t Kapalis have houses of their own?

कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान