विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध
बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।
बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु
राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् ।
बाढीले म्यानमारमा ४५ हजार मानिस विस्थापित
म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरू विस्थापित भएका छन् ।
सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने
पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ ।
सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ ।
सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ
सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती सन्दिग्धहरू पक्राउ परेका हुन् ।
पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु
भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
नदीहरूमा जल सतह बढेपछि म्यान्मामा १८ हजारभन्दा बढी विस्थापित
याङ्गुन, साउन, २६ गते । म्यान्माको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । केइन राज्यका छवटा टाउनसिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिँदैछ, केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उल्लेख गरेका छन्।थानल्विन नदीसहित केइन राज्यका विभिन्न नदीमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा-आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् । यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेलमार्ग मङ्गलबार बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीका कारण डुबानमा पारेका छन् ।देशको मौसमविज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी जारी गरेको छ।बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । मेरो घरको भुइँ तल्ला हाल डुबेको छ।बागोका तल्लो क्षेत्रका केही बासिन्दालाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् । रासस/सिन्ह्वा
वर्षाका कारण आएको विपत्तिमा चीनको हेबेई प्रान्तमा २९ जनाको मृत्यु, १६ बेपत्ता
उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपदमा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पु¥याएको छ ।
मलाई कारागारबाट मुक्त गरियाेस् : खान
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् ।
स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च
स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मङ्गलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो ।
पाकिस्तानी संसद् विघटन गरी अन्तरिम सरकार गठनको तयारी
पाकिस्तानको संसद् बुधबार विघटन हुने भएको छ । संसद् विघटनले देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खानलाई समावेश नगर्ने निर्वाचनको पर्यवेक्षण गर्न कर्मचारीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको छ ।
इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी
इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ ।
अस्ट्रेलियाको ‘ग्रेट ब्यारियर रिफ’ एल निनोको जोखिममा
अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफले समुद्रको तापक्रम मापन गर्दा यस वर्षको अन्त्यतिर ‘कोरल ब्लिचिङ’ को अर्को घटना हुन सक्ने अस्ट्रेलियाको सर्वोच्च सामुद्रिक विज्ञान निकायले बुधबार जनाएको छ ।
श्रीलङ्कामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए
श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ ।
गर्मीले अमेरिकाका पाँच काउन्टीमा १४७ जनाको मृत्यु
अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास सुरु
भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ ।
दश जना सिरियाली सैनिक मारिए
इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् ।
पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ ।
भारतीय लोकसभा सचिवालयद्वारा गान्धीको सांसद सदस्यता पुनर्बहाली
‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोकसभा सचिवालयले सोमबार पुनर्बहाली गरेको छ ।
कम्बोडियाली नेता हुनसेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त
करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उहाँका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले कम्बोडियाको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।
राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी फर्काउन भुटानी राजालाई अपिल
भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ ।
चीनको जिलिनमा भीषण वर्षा : एकको मृत्यु, चार बेपत्ता
चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान सहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।
सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यक : युनिसेफ
सुडानमा १ करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ ।