मणिपुर हिंसामा १४२ नागरिक मारिए
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा १४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।
नेदरल्यान्ड्सका प्रधानमन्त्रीद्वारा राजनीतिक जीवनबाट टाढा हुने घोषणा
नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट संन्यास लिने घोषणा गर्नुभएको छ । “आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु,” रुटले सोमबार डच संसदलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।
बङ्गलादेशले भारतसँगको कारोबारमा भारतीय रुपियाँलाई नै प्राथमिकतामा दिने
सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रुपियाँ (भारु)मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ ।
उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित
उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभएको छ । यसले उहाँलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्यासको धनी मध्य एसियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ ।
आप्रवासी तस्करबाट २३ अफगानीको उद्धार
पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु
दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।
पश्चिम बङ्गाल ग्राम पञ्चायत निर्वाचन : कार्यकर्ता हत्याको आरोप
तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ ।
‘युरोपको शान्तिका लागि नाटो बाधक हो’
निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो समय योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताउनुभएको छ ।
पश्चिम बङ्गालमा चुनावी हिंसा, चारको मृत्यु
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् ।
बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिका
पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ ।
चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप
विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ ।
युक्रेन युद्ध : रुसी आक्रमणमा तीन युक्रेनी मारिए
पश्चिमी युक्रेनी शहर भिल्भमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् ।
खानीमा ग्यास चुहिँदा २४ जनाको मृत्यु
बुधबार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ ।
प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत अबरर हुसेन हसमीबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
भारतका प्रधानमन्त्री मोदी पेरिसमा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने भएको छ ।
फिलाडेल्फिया गोलीकाण्डःचार जनाको मृत्यु, चार घाइते
संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै
पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।
विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु
उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् ।
बहुमत पाए मुद्रास्फीति दर कम गर्ने पाकिस्तानी पूर्व प्रधानमन्त्रीको प्रतिबद्धता
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एवम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आगामी आम निर्वाचनबाट बहुमत पाई सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दादुराका कारण १३ बालबालिकाको मृत्यु
‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’ को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ । शङ्कास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो ।”
रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ
फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताउँनु भएको छ ।
केन्यामा सडक दुर्घटनामा ४८ जनाको मृत्यु
पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाउँदा अन्य सवारी साधन र पैदल यात्रुहरूमाथि ठोक्किँदा ४८ जनाको मृत्यु भएको छ ।
चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर
चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ ।
पाकिस्तानमा व्यक्तिगत दुस्मनीका कारण तीन जनाको मृत्यु, एक घाइते
कराँचीको बल्दिया सहरमा सशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुस्मनी’ को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन् ।