दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत
भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् ।
सुडानमा भएको झडपमा करिब सातसय जनाको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ ।
थाइल्याण्ड निर्वाचन : फेउ थाईले गठबन्धन सरकारको नेतृत्व गर्ने दाबी
घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् ।
म्यान्मामा २६.४ केजी हेरोइन बरामद
म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको गरेको छ।
युक्रेनका लागि लामो दूरीका हतियार आपूर्ति गर्न ईयूका बोरेलको आग्रह
स्टकहोम, ३० वैशाख (रासस/एएफपी)। युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ। “रूसीहरूले टाढाबाट बम बारी गरिरहेका छन्, त्यसैले युक्रेनीहरूसँग ’उही दूरी, उही दायरा’ मा पुग्न सक्ने क्षमता हुनुपर्दछ,” युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग स्टकहोममा भएको भेटपछि बोरेलले भन्नुभयो।जर्मनीले युक्रेनका लागि दुई अर्ब ७० करोड युरो (दुई अर्ब ९५ करोड अमेरिकी डलर) बराबरको नयाँ हतियार प्याकेज घोषणा गरेसँगै उहाँले भन्नुभयो, “तर हामीले गति लिनुपर्छ।”“म जर्मनीको प्रयासको स्वागत गर्दछु र सबै सदस्य राष्ट्रहरूलाई यस उदाहरणलाई अनुसरण गर्न आमन्त्रण गर्दछु,” बोरेलले भन्नुभयो। बिहीबार बेलायतले युक्रेनमा आफ्नो स्टॉर्म स्याडो क्षेप्यास्त्र पठाउने घोषणा गरेको थियो र कीभलाई लामो दूरीका हतियार उपलब्ध गराउने पहिलो देश बनेको थियो।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा रूसी सेनाविरुद्ध व्यापक रूपमा अपेक्षित प्रतिआक्रमण अघि पश्चिमी मित्रराष्ट्रहरूलाई थप उन्नत हतियार उपलब्ध गराउन आग्रह गर्दै आउनुभएको छ। “प्रतिआक्रमण कहिले सुरु हुन्छ भनेर सोध्नुको सट्टामा के युक्रेनी प्रति–आक्रमण सुरु गर्न र सफल बनाउन आफूले पर्याप्त सहयोग गरेको छु भन्ने सोच्नु अनिवार्य भएको छ, कुलेबाले बोरेलसँगको पत्रकार सम्मेलनमा भन्नुभएको थियो। “ईयूका विदेशमन्त्रीहरूसँग आज मेरो कुराकानीको मुख्य विषय लामो दूरीको तोपखाना गोलाबारुद र छोटो दूरीको प्रवेश वार्ता हुनेछ,” कुलेबाले भन्नुभयो।जेलेन्स्कीले फेब्रुअरी २०२२ मा रूसले युक्रेनविरूद्ध आक्रमण थालेपछि युक्रेनका लागि ईयू सदस्यताका लागि औपचारिक वार्ताको प्रक्रियालाई तीव्रता दिन खोजिरहेका छन्।
हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका तीन सरकारी सैनिकको मृत्यु
यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् ।
न्यूयोर्कमा श्वेत अमेरिकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या
श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यूयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
महिलाले ट्विटरको नेतृत्व गर्नेः मस्क
ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले ट्विटरको नेतृत्व गर्ने बताउनुभएको छ ।
टर्की-युक्रेन अन्न सम्झौता विस्तार हुँदै
टर्कीले युद्धग्रस्त युक्रेनबाट अनाज निर्यात गर्न अनुमति दिने सम्झौता विस्तार गर्ने वार्ता सम्झौताको नजिक पुगेको बताएको छ।
चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा
थाइल्यान्डका सेना प्रमुखले सैन्य–समर्थित सरकार कमजोर साबित हुन सक्ने आँकलन सहितको राजनीतिक दलहरूलको चुनावी र्यालीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक ‘कू’ को सम्भावना नभएको प्रष्ट पारेका छन् ।
अमेरिका मोह !
पछिल्लो समय मेक्सिको हुँदै अमेरिका छिर्ने आगन्तुकलाई अमेरिकाले कडाइ गरेको छ । विश्वका विभिन्न देशबाट मेक्सिको पुगेर त्यहाँबाट पैदल हुँदै जोखिमपूर्ण यात्रा गर्दै अमेरिकी सीमा क्षेत्रमा पुग्ने गरेका छन् ।
राष्ट्रपति पुटिनद्वारा जर्जियामा भिसा र उडान प्रतिबन्ध हटाउने आदेशमा हस्ताक्षर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भिसा प्रतिबन्ध र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गर्नु भएको छ।
इमरान खान पक्राउपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन : आठको मृत्यु, २९० घाइते
पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ भने २९० भन्दाबढी घाइते भएको डनले उल्लेख गरेको छ ।
राजनीतिक अस्थिरताका कारण पाकिस्तानी रुपियाँको अवमूल्यन हुँदै
पाकिस्तानी रुपियाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तर बैङ्क बजारमा ग्रीनब्याक २९०.२२ रुपियाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ ।
टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प
टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ ।
अमृतसर विस्फोट : पाँच पक्राउ
बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ ।
टोयोटाको नाफा प्रषेपणभन्दा बढी
सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ ।
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।
श्रीलङ्काले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर माग गर्ने
श्रीलङ्काको मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर प्राप्त गर्न विश्व बैङ्कसँग छलफल सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
थाइल्याण्ड निर्वाचन : चर्चित चार अनुहार
थाइल्याण्डको आइतबारको निर्वाचनले नयाँ प्रधानमन्त्री बन्ने होडमा रहेका केही उम्मेदवारलाई चयन गर्नेछ । लामो समयदेखि ‘रोलेक्स जनरल’ भनेर चिनिने राजनीतिज्ञदेखि नयाँ अनुहारका प्रतिद्वन्द्वीसम्म आइतबारको निर्वाचनपछि थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने होडमा रहेका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ ।
जीडीपी दोब्बर पार्ने उज्वेकिस्तानको लक्ष्य
ज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पुर्याउने लक्ष्य राखेको बताउनुभएको छ ।
भारतमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।