• १६ चैत २०८०, शुक्रबार

पश्चिमी अस्ट्रेलियामा आठ सय किलो कोकिन बरामद, तीन पक्राउ

blog

सिड्नी, जेठ २० गते । अस्ट्रेलियाको सङ्घीय प्रहरीले शुक्रबार आठ सय किलोग्रामभन्दा बढी कोकिन बरामाद गरेको छ । सो लागू पदार्थ तस्करी गर्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय अपराध सिन्डिकेटसँग सम्बन्धित तीन जना पुरुषलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार मे २४ मा पश्चिमी अस्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर टाढा रोटनेस्ट टापु नजिकै सङ्कटमा परेको १० मिटर क्याबिन क्रुजरको चालक दललाई सहयोग गरेको थियो ।

बोर्डमा रहेका तीनजना पुरुषले प्रहरीलाई बताएअनुसार उनीहरूले जहाजको इन्जिनमा समस्याको देखेको तर डुङ्गा चलाउने अनुभव नभएको बताएका थिए ।

ती व्यक्तिको शङ्कास्पद गतिविधि देखेपछि प्रहरीले जहाजको निरीक्षणपछि पानीले भरिएको ब्यालास्ट ट्याङ्कीमा २९ वटा शङ्कास्पद प्याकेज फेला पारेको थियो । ती प्याकेजमा सेतो पाउडरका थुप्रै ब्लक पाइएको र कोकेन जस्तै प्रतीत भएको छ, थप अनुसन्धान जारी छ ।

तीन जनामध्ये दुई जनालाई बुधबार पक्राउ गरी पर्थमा हिरासतमा राकिएको छ भने तेस्रोलाई सिड्नीबाट पक्राउ गरिएको हो । ती आरोपित २१, २५ र २९ वर्षका रहेका छन् । दोषी प्रमाणित भएमा उनीहरूलाई अधिकतम आजीवन कारावासको सजाय हुनसक्ने प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा