• ९ वैशाख २०८२, मङ्गलबार

पेस्तोल देखाएर टिकटक बनाउने पक्राउ

blog

पेस्तोल देखाएर टिकटक बनाउने रघुबिन्द यादवलाई सार्वजनिक गरिँदै । तस्बिर : नेपाल प्रहरी

जानु पाण्डे
कपिलवस्तु, वैशाख ९ गते ।
टिकटकमा पेस्तोल देखाएर भिडियो पोस्ट गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख ६ गते रघुबिन्द यादव नामक टिकटक एकाउन्टबाट पेस्तोलसहितको भिडियो भाइरल भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

भाइरल भएको भिडियोको आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।

यादवलाई मायादेवी गाउँपालिका–१ पकडीस्थित मायादेवी होटेलबाट नियन्त्रणमा लिएको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।