• ९ वैशाख २०८२, मङ्गलबार

प्लास्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

blog

काठमाडौँ,  वैशाख ९  गते ।  काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ ।  प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास  र मुटुका रोगीलाई सबैभन्दा बढी हानी गर्ने बताउनुभयो ।  

महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर बिसर्जन गर्न उहाँले महानगरवासीलाई अनुरोध गर्नुभयो । उद्योग कलकारखानालाई  ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न  पनि विभाग प्रमुख राईले आग्रह गर्नुभयो । रासस