• ११ मंसिर २०८१, मङ्गलबार

रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

blog

भ्लादिभोस्टोक, जेठ ३० गते । रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ ।

फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठुला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको समूहले सिमुलेटेड पनडुब्बी रहेको शङ्कास्पद स्थानमा आक्रमण गरेर नष्ट गरेको प्रेस सेवाले जनाएको छ ।

प्यासिफिक फ्लीट कमाण्डर एडमिरल भिक्टर लिनाको नेतृत्वमा ६० भन्दा बढी युद्धपोत र सहयोगी जहाज, ३५ नौ सैनिक विमान, तटीय सेना र ११ हजारभन्दा बढी सैनिक सम्मिलित अभ्यास जुन ५ देखि २० सम्म हुँदैछ। रासस/सिन्ह्वा