• १२ वैशाख २०८१, बुधबार

उत्तरी चीनमा पटाका विस्फोट हुँदा चारको मृत्यु

blog

सिजियाजुआङ, जेठ १३ गते । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शङ्कास्पद आतिशबाजीको नमुना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा