भारतमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
कम्बोडियामा हुने आमनिर्वाचनमा भाग लिन २० राजनीतिक दल दर्ता
कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको छ ।
चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड
सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ । सन् २०१३ यता २०२३ को चार महिनामा भएको गोलाबारी सबैभन्दा बढी देखिएको छ ।
साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो
साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ ।
थाइल्यान्डमा संसदीय निर्वाचनअघि प्रारम्भिक मतदान
थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाईहरूले तोकिएका मतदान केन्द्रहरूमा चाँडै मतदान गरेका छन् ।
अफगानिस्तानको नान्गाहारमा वर्षा र बाढीका कारण चारको मृत्यु, २५ घाइते
अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् ।
टर्कीका राजदूतको गाडीमा गोली प्रहार
सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन् ।
तान्जानियामा भ्रष्टाचार विरुद्धको लडाइँ सुदृढ बन्दै
तान्जानियाको भ्रष्टाचार विरोधी निगरानी संस्थाले भ्रष्टाचार विरुद्धको लडाइलाई सुदृढ पार्न ३२२ जना अधिकारीहरू नियुक्त गर्ने योजना बनाएको छ ।
सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीनको मृत्यु
महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।
पाकिस्तानी एयरलाइन्सले बेइजिङको भाडा ३० प्रतिशतले घटायो
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले दुवै देशका यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा ३० प्रतिशतले घटाएको छ ।
अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त
अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।
कङ्गोमा बाढीका कारण एक सय बढीको मृत्यु
पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तानका कुख्यात आतङ्ककारी मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा भएको मुठभेडमा एक जना मोस्ट वान्टेड आतङ्कवादीलाई मारेको विज्ञप्तिमा उल्लेख छ ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो
गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग ४.५ बिलियन डलरमा झरेको पनि एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।
अमेरिकाको एटलान्टामा गोली चल्दा एकको मृत्यु, चार घाइते
एटलान्टाको मेडिकल सेन्टरको ११ औँ तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन् ।
रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार
रुसले युक्रेनविरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।
अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ।
‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’
युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन्
कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत
पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् ।
फिलिपिन्समा दुई जहाज ठोक्किँदा एकको मृत्यु, तीन बेपत्ता
फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा बोकेका दुईवटा जहाज एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् ।
अमेरिका-पाकिस्तान कूटनीतिक छलफल सकारात्मक दिशामा
आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो ।
सुडानबाट ४८ जना जापानी नागरिक स्वदेश फर्किए
द्वन्द्वग्रस्त सुडानबाट शनिबार बिहान ४८ जना यात्रुहरू टोकियो पुगेका छन् । जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उत्तरी चीनमा सडक दुर्घटना, ६ को मृत्यु, १२ घाइते
उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान सहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् ।