ढाकामा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु
बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गर्नुभएको छ ।
लण्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना
लण्डनको साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रबार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
भारतकाे मध्यप्रदेशमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २० घाइते
भारतको मध्यप्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार नजिक
इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते
मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घर जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएकाे स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन्
घाटामा रहेका श्रीलङ्काका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताउनुभएको छ ।
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ ।
निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने
निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ ।
सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : भारतीय प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताउनुभएको छ ।
हङ्गेरीको नयाँ राष्ट्रपतिमा तामस सुल्योक निर्वाचित
हङ्गेरीका सांसदहरूले सोमबार संवैधानिक अदालतका प्रमुख तामस सुल्योकलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेका छन् ।
राष्ट्रसङ्घीय अदालतमा प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सुनुवाइ पूरा
अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले सोमबार प्यालेस्टिनी क्षेत्रमा इजरायली कब्जाको कानुनी परिणामबारे सार्वजनिक सुनुवाइ पूरा गरी यसबारे छलफल सुरु गरेको छ ।
इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन्छ : अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिनेछ ।
प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा
गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री मोहम्मद श्तेयेहले सोमबार आफ्नो सरकारको राजीनामा घोषणा गर्नुभएको छ ।
यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यामा २५ लाख नाघ्न सक्ने
श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताउनुभएको छ ।
इजरायली सेनाद्वारा गाजाका सर्वसाधारणलाई ‘उद्धार गर्ने’ योजना प्रस्ताव
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले प्यालेस्टिनी भूमिको दक्षिणी सहर रफाहमा स्थलगत आक्रमण आवश्यक रहेको उल्लेख गर्दै इजरायली सेनाले गाजामा रहेका ‘युद्ध क्षेत्रहरू’ बाट सर्वसाधारणलाई बाहिर निकाल्ने योजना प्रस्ताव गरेको बताउनुभएको छ ।
जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित
जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।
बुर्किनाको चर्चमा आक्रमणकारीद्वारा १५ उपासकको हत्या
उत्तरी बुर्किनाफासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
विश्व व्यापार सङ्गठनका सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर
विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले एक सम्झौतालाई अन्तिम रूप दिएको आइतबार बताएको छ ।
श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज
मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलङ्काले आफ्नो टापुमा बस्ने नीतिको उपयोग गर्ने हजारौँ रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार समाप्त गरेको आइतबार बताएको छ ।
इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल
इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ ।
जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने
जापानले भूकम्पले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।
सिनेट सिटका लागि कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन अग्रिम पङ्क्तिको राजनीतिमा फिर्ता
कम्बोडियाली अधिकारीहरूले आइतबार सिनेट निर्वाचनमा मतदान गरेका छन् । निर्वाचनबाट पूर्वनेता हुन सेनका लागि गत वर्ष प्रधानमन्त्रीका रूपमा पद छाडेपछि आधिकारिकरूपमा राजनीतिमा फर्कने मञ्च तयार भएको छ ।
राष्ट्रपतिको उन्मुक्तिको हवाला दिँदै वर्गीकृत दस्तावेज मामिला खारेज गर्न ट्रम्पका वकिलको आह्वान
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी टोलीले बिहीबार राति फ्लोरिडाको एक न्यायाधीशसँग ट्रम्पमाथि गैरकानुनीरूपमा वर्गीकृत दस्तावेजहरू राखेको आरोप लगाइएको आपराधिक मुद्दा खारेज गर्न आग्रह गर्दै धेरै प्रस्ताव दायर गरेको छ ।
मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु
मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।