म्यान्मा : विस्थापितको शिविरमा भएको सैन्य आक्रमणमा २९ को मृत्यु
उत्तरी म्यान्मामा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।
रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ
युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ ।
कैदी आदानप्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास
कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले जनाएको छ ।
गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ
प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।
इजरायलमा मृत्यु हुनेको सङ्ख्या सात सयभन्दा बढी, गाजामा ४१३ को मृत्यु
प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।
मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी
सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथाशक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ ।
अमेरिकाले इजरायललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ– अमेरिकी विदेशमन्त्री ब्लिङ्केन
हमासको आक्रमणपछि अमेरिकाले इजरायलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताउनुभएको छ । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।
छ सय इजरायली र ३७० प्यालेस्टिनीको मृत्यु
इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ ।
इजिप्टका राष्ट्रपति सिसी तेस्रो कार्यकालका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने
इजिप्टका राष्ट्रपति अब्देल फतेह अल-सिसीले यसै वर्षको अन्त्यमा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारका रूपमा शनिबार राष्ट्रिय निर्वाचन प्राधिकरणमा आफ्नो मनोनयनपत्र पेस गर्नुभएको छ ।