उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुग्नु भएको छ ।
गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसङ्घका महासचिवको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा द्रुत र निर्बाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई रिहा गर्न आह्वान गर्नुभएको छ ।
कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन
उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ । उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ ।
गाजामा ‘युद्धविराम’ को समाचार इजरायलद्वारा अस्वीकार
विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ ।
इजरायल–गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी
चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजरायल–गाजा युद्धले ओझेलमा पार्नेछ ।
डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता
उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ ।
हमाससँग १२६ जना बन्धक भएको इजरायलको दावी
प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।
इजरायलमा पाँच नेपाली विद्यार्थीको शव प्राप्त
इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जनामध्ये पाँचवटा शव प्राप्त भएका छन्।
गाजा युद्ध : अनुमानित १० लाख मानिस विस्थापित
जेरुसेलम, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भन्नुभयो, “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् ।’’प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुराउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ ।”गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस, एएफपी