गत वर्ष इरानमा ८३४ लाई मृत्युदण्ड, सन् २०१५ यताकै उच्च
इरानले गत वर्ष कम्तीमा आठ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मङ्गलबार बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो ।
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले परिणाम भोग्नुपर्ने प्योङयाङको चेतावनी
उत्तर कोरियाले मङ्गलबार यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठूलो मात्राको सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने बताएको छ । साथै उसले दुवै सहयोगीलाई ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्र महासभा अध्यक्षद्वारा गाजा सङ्कट समाधानको आह्वान
संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा जारी हिंसा र पीडा अन्त्य गर्न कदम चाल्न आह्वान गर्नुभएको छ ।
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला
अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो ।
गाजा युद्धविराम बैठकमा इजरायल सहभागी नहुने
इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
मङ्गोलियामा खराब मौसमका कारण तीस लाखभन्दा बढी गाईबस्तुको मृत्यु
मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।
हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकालको घोषणा
हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन आइतबार सङ्कटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ ।
भारतमा अक्टोबरमा भएको रेल दुर्घटनामा चालकको लापरबाही
गत अक्टोबरमा रेलका चालकहरूले फोनमा क्रिकेट हेरिरहेका र रेलका लागि गरिएको ट्राफिक सङ्केत पालना नगरेका कारण रेलले अर्को रेललाई ठक्कर दिन पुगेको भारतीय रेलमन्त्रीले सोमबार बताउनुभएको छ ।
बङ्गलादेशका नोबेल पुरस्कार विजेतालाई भविष्यको चिन्ता
बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले प्रधानमन्त्रीले आफूलाई किन घृणा गर्नुहुन्छ भन्ने ‘लाखौँ डलरको प्रश्न’ भएको बताउनुभएको छ ।
चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास
चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जोसुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ ।
गाजामा युद्धविराम गर्न ‘नयाँ चरणको वार्ता’
गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसहित हमासको टोली इजिप्ट पुगेको इजिप्टको सरकारी समाचार संस्था अल–काहेरा न्यूजले आइतबार जनाएको छ ।
इजिप्टले गाजामा सबैभन्दा बढी मानवीय सहायता पुर्याउने
इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टले ८० प्रतिशतभन्दा बढी मानवीय सहायता गाजामा पुर्याउन योगदान गरेको बताउनुभएको छ ।
मलावीमा भीषण बाढीः एक जनाको मृत्यु, हजारौं विस्थापित
दुई जिल्लाहरू– मध्य क्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ । बाढीका कारण न्खोटाकोटामा मात्रै सात हजारभन्दा बढी विस्थापित भएको र विस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ
भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै
भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ ।
गाजामा सहायता खोज्ने प्यालेस्टिनीहरुको हत्याप्रति एयु आयोगका प्रमुखद्वारा निन्दा
अफ्रिकी सङ्घ (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरुको सामूहिक हत्याको “कडा निन्दा” गर्नुभएको छ ।
व्यापार विवादका विषय उजागर गर्दै डब्ल्यूटीओ मन्त्रीस्तरीय वार्ता सम्पन्न
कृषि र मत्स्यपालनमा कुनै सम्झौताबारे विशेष निर्णय लिने अपेक्षा गरिएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को उच्चस्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ ।
गाजामा गरिएको इजरायली कारबाहीमा नौ हजार महिलाको मृत्यु : राष्ट्रसङ्घ
सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रम (यूएन वुमन)ले शनिबार जनाएको छ ।
अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु, दर्जनौँ घाइते
अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा गाजामा अमेरिकी सहायता कटौतीको घोषणा
सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करिब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्याउन सुरु गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।
सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन वृद्धिमा सुस्तता
सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन उच्च स्तरमा पुगेको छ, तर स्वच्छ प्रविधिको निरन्तर विस्तारका कारण विगतका वर्षहरूको तुलनामा वृद्धि सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले शुक्रबार जनाएको छ ।
दुर्घटना पीडितको शव युक्रेन फिर्ता गर्न रुस तयार
बेलगोरोड क्षेत्रमा सैन्य आईएल-७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रुस तयारी अवस्थामा रहेको स्थानीय सञ्चार माध्यमले शुक्रबार जनाएका छन् ।
सार्वजनिक बिदाका कारण फेब्रुअरीमा चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो
चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रुअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ ।
यौन दुर्व्यहारको ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा
सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर)ले शुक्रबार राजीनामा दिनुभएको छ । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरु गरेको आरोप लगाएको छ ।
क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन
क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ ।