• १३ साउन २०८१, आइतबार

मलावीमा भीषण बाढीः एक जनाको मृत्यु, हजारौं विस्थापित

blog

मलावी, फागुन २० गते । मलावीमा आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ विस्थापित भएका छन्। 

दुई जिल्लाहरू– मध्यक्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ । बाढीका कारण न्खोटाकोटामा मात्रै सात हजारभन्दा बढी विस्थापित भएको र विस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ ।

दुवै जिल्लामा घर तथा व्यापारिक संरचना ध्वस्त हुनुका साथै धान, कासवा, मकैलगायतका बालीसहितको हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

लगातारको वर्षाले सडक र पुलमा थप क्षति पुर्‍याएको र प्रभावितलाई अत्यावश्यक सेवा पुर्‍य ाउने काममा अत्यधिक असर परेको बताइएको छ । मलावी तालको किनारमा अवस्थित न्खोटाकोटा र करोंगा जिल्ला बाढीको जोखिममा पर्छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।