• १२ साउन २०८१, शनिबार

दुर्घटना पीडितको शव युक्रेन फिर्ता गर्न रुस तयार

blog

मस्को, फागुन १८ गते । बेलगोरोड क्षेत्रमा सैन्य आईएल-७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रुस तयारी अवस्थामा रहेको स्थानीय सञ्चार माध्यमले शुक्रबार जनाएका छन् । 

प्रक्रियागत दृष्टिकोणबाट आवश्यक पर्ने सबै कुरा तयारी अवस्थामा भएको रुसी मानव अधिकार आयुक्त तात्याना मोस्काल्कोभालाई उदृत गर्दै रुसको आरआइए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ । विद्यमान प्रक्रियाहरु सल्टाएर शव हस्तान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।  

जनवरी २४ मा, युक्रेनी सशस्त्र बलले बेलगोरोड क्षेत्रमा रुसी सैन्य यातायात विमान, आईएल-७६ लाई गोली हानेको थियो । विमानमा ६५ जना युक्रेनी कैदीहरु आदान प्रदानका लागि सवार थिए । दुर्घटनामा कैदीहरुको साथमा तीन जना रुसी अधिकारीहरुका साथै छ जना चालक दलका सदस्यहरुले आफ्नो ज्यान गुमाएका छन् । रासस/सिन्ह्वा