कायरो, फागुन २० गते । गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसहित हमासको टोली इजिप्ट पुगेको इजिप्टको सरकारी समाचार संस्था अल–काहेरा न्यूजले आइतबार जनाएको छ । 
कायरो, दोहा र वासिङ्टनले इजरायल र हमासबीच अक्टोबर ७ मा भएको आक्रमणपछि सुरु भएको करिब पाँच महिना लामो युद्धलाई रोक्ने उद्देश्यले हप्तौं लामो वार्तामा मध्यस्थता गरेका छन् ।
उनीहरूको लक्ष्य अर्को हप्ता मुस्लिमहरूको पवित्र महिना रमजानको सुरु हुने बित्तिकै युद्धविराम गर्ने रहेको छ, तर असफल वार्ताको शृङ्खलाले आशालाई क्षीण बनाएको छ ।

वार्ता छ हप्ताका लागि युद्ध स्थगन गर्ने र इजरायली जेलबाट प्यालेस्टिनी कैदीहरूको रिहाई र बदलामा हमासले बन्धकहरूलाई मुक्त गर्ने प्रस्तावमा केन्द्रित भएको छ ।
हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था गत अक्टोबरदेखि नै अज्ञात छ । यसअघिको युद्धविराममा पनि हमासले केही बन्धक रिहा गरेको भए पनि जोशी मुक्त भएका थिएनन् ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको अनपेक्षित आक्रमणबाट युद्ध सुरु भएको थियो जसमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले विभिन्न स्रोतबाट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ ।
हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरोमा पुगेको बताइएसँगै इजरेल गाजा द्वन्द्वमा युद्धविरामको अपेक्षा गरिएको छ।
बिबीसी अनुसार, आफ्नो नाम खुलाउन नचाहने एक जना अमेरिकी अधिकारीले युद्धविरामको सर्तमा इजरेलले “करिब सहमति जनाएको” बताएका छन्। अमेरिकाका अनुसार छ सातासम्म हुन सक्ने युद्धविराममा हमासले बन्धक बनाएका थप मानिसहरू मुक्त गरिनुका साथै प्यालेस्टिनी बन्दीहरू पनि इजरेलबाट रिहा हुन सक्छन् ।

हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था गत अक्टोबरदेखि नै अज्ञात छ । यसअघिको युद्धविराममा पनि हमासले केही बन्धक रिहा गरेको भए पनि जोशी मुक्त भएका थिएनन् ।
गाजामा राहतको पर्खाइमा रहेका मानिसहरू सहायता बोकेका ट्रकहरूतर्फ दौडने क्रममा गत बिहीवार ११२ जना मारिएपछि सङ्घर्षविरामका लागि दबाव बढेको थियो।
हमासले खानेकुरा पर्खिरहेका सर्वसाधारणमाथि इजरेलले गोली चलाएको आरोप लगाएको छ । इजरेलले भने यस्तो आरोप अस्वीकार गरेको छ । उसले घटनाको प्रारम्भिक समीक्षामा इजरेली सैनिकहरूतर्फ अघि बढेका कैयौँ मानिसमाथि सेनाले गोली चलाएको आइतवार जनाएको छ।
घटनामा अधिकांश मानिसको भीडमा किचिएर मृत्यु भएको इजरेलको दाबी छ । कतारसँग निरन्तर छलफलमा रहेका इजिप्टका अधिकारीहरूले हमास र इजरेल दुवैतर्फका प्रतिनिधिहरू वार्तामा उपस्थित हुने अपेक्षा गरिएको बताएका छन् । इजरायलका अनुसार गाजामा प्रभाव रहेका हमास लडाकुहरूले २५० बन्धकलाई अपहरण गरेका थिए भने उनीहरूमध्ये १३० जना कैदमा रहेका छन् ।
इजरायली घेराबन्दीमा परेको प्यालेस्टिनी भूमिमा इजरायलको जवाफी कारबाहीमा ३० हजार ४१० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । रासस/एएफपी/बिबीसी
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg)