• २४ पुस २०८१, बुधबार

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

blog

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनी ।

ओटावा क्यानडा, फागुन १८ गते । क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ ।

प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व टोरी नेताले क्यानाडामा आफ्नो अमर परिचय स्थापना गर्नुभएको छ । क्युबेकको बाइ-कोमोमा मजदुर वर्गको परिवारमा जन्मेका मुलरोनीले राजनीति विज्ञानका विद्यार्थीका रुपमा आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । कन्जरभेटिभ राजनीतिमा उहाँको प्रारम्भिक संलग्नतामा प्रधानमन्त्री जोन डिफेन बेकरको सल्लाहकारको रुपमा उहाँको सेवा सुरु भएको थियो । 

सन् १९७६ मा सङ्घीय प्रगतिशील कन्जर्भेटिभ नेता बन्ने आफ्नो प्रारम्भिक प्रयासमा पराजयको सामना गर्नुपरेको थियो । प्ररम्भिकि यात्रामा जो क्लार्कसँग हारेका मुलरोनीले हारबाट पाठ सिक्दै राजनीतिमा नै रहने दृढता व्यक्त गर्नुभएको सिटिभीले जनाएको छ । सन् १९८४ को सङ्घीय अभियानको विजयले क्यानाडाको १८ औँ प्रधानमन्त्रीको रुपमा मुलरोनीको स्थान सुरक्षित बनाएको थियो । मुलरोनीको नौ वर्षको प्रधानमन्त्री कार्यकाल शक्ति र विभाजन दुवैको विशेषता थियो । उहाँले मिच लेक र शार्लटटाउन एकोर्डजस्ता पहलहरुमार्फत क्युबेकलाई संवैधानिक तहमा ल्याउन महत्वपूर्ण प्रयास गर्नुभयो । 

यद्यपि दुवै प्रयास असफल भएका थिए । विश्वव्यापी मञ्चमा, मुलरोनीले रङ्गभेदको सक्रियरुपमा विरोध गर्दै क्यानाडाको अन्तर्राष्ट्रिय प्रभाव बढाउनुभएको थियो । उहाँले रङ्गभेदविरोधी अभियान अन्तर्गत दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाउनुभएको थियो । मुलरोनीको विरासतलाई प्रतिबिम्बित गर्दै, पूर्व कूटनीतिज्ञ र मुलरोनीका चिफ अफ स्टाफ डेरेक बर्नीले मुलरोनीले अपनाएका केही कडा निर्णयबारे पुनरवलोकन गर्नुभएको थियो । रासस/एएनआई