मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो
मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनाएको छ । बिहीबार देश स्वतन्त्र भएको ६६ औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।
सीमा समस्या समाधानका लागि इजरायलसँग वार्ता गर्न लेबनान तयार
लेबनानका विदेशमन्त्री अब्दुल्ला बौ हबीबले इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न आफूहरु तयार रहेको बताउनुभएको हो ।
संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा
संयुक्त राष्ट्रसङ्घले ग्याबोनमा भएको ‘कु’को निन्दा गरेको छ ।
पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने
फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरूलाई प्रतिबन्ध लगाइने भएको छ । शुक्रबारबाट सहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरू चलाउन नपाइने भएको हो ।
ग्याबोनमा सैन्य ‘कु’, निर्वाचित राष्ट्रपति नजरबन्दमा
अफ्रिकन देश ग्याबोनमा सेनाले ‘कु’ गरेको छ । ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधबार राति एउटा बिद्रोहपछि मध्य अफ्रिकी देशको सङ्क्रमणकालीन नेताको रुपमा नाम दिइएको थियो ।
आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु
दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।
पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ ।
चीनमा पहिरोमा पुरिएर चार जनाको मृत्यु, ४८ बेपत्ता
चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् ।
चीनको हाङ्झाउ सहरमा १९औँ एसियाली खेलकुदको रौनक
चीनको हाङ्झाउ सहरमा निर्धारित एसियाकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको रौनक चुलिएको छ । ट्राफिक सङ्केतमा समेत मानव आकृतिहरू देखाइएको छ ।