• १३ साउन २०८१, आइतबार

जापानी प्रधानमन्त्रीद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेतासँग आग्रह

blog

जापानका प्रधानमन्त्री फुमियो किशिदा ।

सियोल, चैत १२ गते । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदासँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गर्नुभएको हो ।

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबिचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ तर किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गर्नुभएको छ । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको  आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ ।

गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनाशर्त किमसँग भेट्न तयार रहेको बताउनुभएको थियो । रासस/एएफपी