श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा पाँच जनाको मृत्यु
श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण, बन्धक परिवारद्वारा सम्झौताका लागि दबाब
इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।
दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए
चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।
अपहृत नाइजेरियाली पाँच दिदी बहिनीको उद्धार
अपहृत पाँच नाइजेरियाली दिदीबिहिनीको उद्धार गरिएको प्रहरीले आइतबार बताएको छ । यद्यपि एक बहिनीको मृत्युपछि सार्वजनिक आक्रोश बढेको छ ।
इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण
इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा जोड दिएको छ: प्रधानमन्त्री प्रचण्ड (प्रेस नोटसहित)
प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र पारित गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्कनुहुँदै
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उहाँ आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
चीनको प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले वृद्धि
चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो ।
‘गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु’
एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले शुक्रबार जनाएको छ ।
हाइटीमा छ भिक्षु अपहरित
हाइटीको राजधानी पोर्ट–औ–प्रिन्समा शुक्रबार छ जना भिक्षुसहित आठ जनाको अपहरण भएको छ ।
भारतमा डुङ्गा पल्टिँदा विद्यार्थी र शिक्षकसहित १२ जनाको मृत्यु
पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुङ्गा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन
गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन भएको छ । जोर्डनमा सयौँ प्रदर्शनकारीहरूले गाजा पट्टीमा युद्धविरामको आह्वान गर्दै प्रदर्शन गरेका हुन् ।
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २४ हजार ७६२ पुग्यो
गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २४ हजार ७६२ पुगेको छ ।
केन्या र बहामासले कूटनीतिकसम्बन्ध प्रगाढ बनाउने
केन्या र बहामास टापु राष्ट्र नैरोबी र नासाउमा दूतावास स्थापना गर्न सहमत भएका छन् । कूटनीतिक सम्बन्धलाई गहिरो बनाउनको लागि महत्त्वपूर्ण कदमको रुममा यसलाई लिइएको छ ।
अमेरिकाद्वारा यमनमा हुथीविरुद्धको आक्रमण जारी
संयुक्त राज्य अमेरिकाले शुक्रबार यमनमा हुथीरिुद्ध आफ्नो हमला जारी राखेको छ ।
हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ ।
प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ ।
पाकिस्तान : इरानसँगको सीमाक्षेत्रमा विवादपछि आपतकालीन सुरक्षा बैठक
पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरूद्ध’ को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रबार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाउनुभएको छ ।
बङ्गलादेशमा कोभिड–१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि
बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ । जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेका थिए ।
इरान–पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
‘रेड सी’ सङ्कटको सप्ताह
विद्रोहीको कब्जामा रहेको यमनी क्षेत्रमा अमेरिका र बेलायतले गरेको हवाई आक्रमणले ‘रेड सी’ क्षेत्र वरपर तनाव बढेको छ । ‘रेड सी’ मा जहाँ इरान समर्थित यमनी हुथी विद्रोहीहरूले इजरायलसँग सम्बन्धित मानिएको पानीजहाजमा आक्रमण गरिरहेका छन् ।
विद्रोहीको आँखा छल्दै म्यान्माका करिब तीन सय सैनिक भारतमा
म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३०० सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले शुक्रबार एएफपीलाई जानकारी गराएका छन् ।
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् ।
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।