आवास सङ्कट समाधान गर्ने योजनामा क्यानाडा
क्यानाडा सरकारले राष्ट्रिय आवास सङ्कट समाधान गर्न आफ्नो नयाँ दृष्टिकोणसहितको योजनाको घोषणा गरेको छ ।
जापानको जनसङ्ख्या १२५ मिलियनभन्दा कम
जापानको जनसङ्ख्या १२५ मिलियनभन्दा कम रहेको सरकारी तथ्याङ्कले देखाएको छ । गैर–जापानी बासिन्दाहरू पाँच लाख ९५ हजार वा ०.४८ प्रतिशतले घटेको हो ।
उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अधिकारीले बताएका छन् ।
सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा ‘केही व्यक्ति’ हताहत : प्रधानमन्त्री अल्बानिज
अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यावसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब आठ सय दोषीलाई आममाफी दिनुभएको छ ।
पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।
टोरोन्टोका प्रहरीमाथि छुरा आक्रमण
क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोमा शुक्रबार दिउँसो भएको विवादका क्रममा एक प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) हिंसाबाट गोमा तथा वरपर शरण लिइरहेका पाँच लाखभन्दा बढी विस्थापित व्यक्तिहरूको सुरक्षाका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।
मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारी घाइते, किएभमाथि हत्या प्रयासको आरोप
मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारीलाई लक्षित गरी किएभले आक्रमण गरेको युक्रेनी सुरक्षा सेवा (एसबीयू) का पूर्व कर्मचारी भासिली प्रोजोरोभले आरोप लगाउनुभएको छ ।
अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने
अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल ५ को अन्त्य भएको सातामा संयुक्त राज्य अमेरिकामा कार्यशील ग्यास भण्डारण दुई हजार दुई सय ८३ अर्ब घनफिट (घन फिट प्राकृतिक ग्यास आपूर्तिको लागि मापनको मानक एकाइ) रहेको बताएको छ ।
चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी
चीनको राष्ट्रिय मौसमविज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ ।
जर्मनीमा आइटी विशेषज्ञको अभाव सन् २०४० सम्ममा चौगुना हुनेछ : बिटकम
नीति निर्माताहरूले उचित प्रतिकार्य उपायहरू नगरे जर्मनीको सूचना प्रविधि (आइटी) क्षेत्रमा दक्ष कामदारको अभाव सन् २०४० सम्ममा चार गुणा बढेर छ लाख ६३ हजार पुग्ने उद्योग सङ्घ ‘बिटकम’ले (बिटकम जर्मनीको डिजिटल सङ्घ) बिहीबार चेतावनी दिएको छ ।
म्यान्मामा झडपपछि थाई विदेशमन्त्रीद्वारा सीमावर्ती सहरको भ्रमण
धेरै दिनको झडपपछि थाइल्यान्डका विदेशमन्त्री शुक्रबार म्यान्माको सीमा भ्रमणका लागि आइपुग्नुभएको मन्त्रालयले बताएको छ । झडपले छिमेकी मुलुक म्यान्मामा एउटा महत्त्वपूर्ण व्यापारिक केन्द्रमा जुन्ता सेनालाई उसको स्थानबाट विस्थापित गरेको छ ।
रमजानको समयमा लुटपाट हुँदा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते
रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको छ। रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ । लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन् ।
चीनका शीर्ष विधायकको उत्तर कोरियाका वरिष्ठ अधिकारीसँग भेट
चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ ।
मङ्गोलियाको जिडिपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान
मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैङ्क (एडिबी)का अनुसार मङ्गोलियाको जिडिपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।
इजरायली आक्रमणमा हमास नेताका तीन छोरा मारिए
इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताउनु भएको छ ।
भारतमा बस दुर्घटना : छ जना विद्यार्थीको मृत्यु
भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने
स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ ।
म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात
म्यान्मारको वाणिज्य मन्त्रालयले आर्थिक वर्ष सन् २०२३/२४ मा म्यान्मारले आठ अर्ब ८० करोड अमेरिकी डलर बराबरको कारखानाबाट उत्पादित सामान निर्यात गरेको जनाएको छ ।
रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो : जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताउनुभएको छ ।
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ ।
संसदीय चुनावमा पराजयपछि दक्षिण कोरियाली प्रधानमन्त्रीद्वारा राजीनामा
दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सूले संसदीय चुनावमा सत्तारुढ पिपुल पावर पार्टीको हारपछि राजीनामा दिनुभएको छ ।
इजरायलले गाजा युद्धको व्यवस्थापनमा ‘गल्ती’ गरेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ
अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भन्नुभएको छ ।