रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक
अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानुनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकाका लागि प्रवेशमा रोक लगाएको छ ।
इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह
इजरायलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताउनुभएको छ ।
आजदेखि भारतमा मतदान सुरु
शुक्रबारदेखि सुरु भएको भारतको आम निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि सत्तामा रहन सक्ने निर्णय झन्डै एक अर्ब मतदाताले गर्नेछन् ।
विश्व बैङ्कद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह
विश्व बैङ्कले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको पाकिस्तानस्थित एआरवाई न्युजले जनाएको छ ।
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
क्यानडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ ।
इरानमा विस्फोट : इजरायलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ
इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।
केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु
केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमान्डरको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
टर्कीमा ५.६ म्याग्निच्युडको भूकम्प
टर्कीको उत्तरी प्रान्त टोकाटमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको विपद् व्यवस्थापन प्राधिकरण एएफएडीले जनाएको छ । साँझ ६ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
भ्रष्टाचारविरुद्धको एक दशक लामो कारबाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैङ्कका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठुलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ ।
ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित
इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ ।
अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु
अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताउनुभएको छ ।
चीनमा आँधीबेहरीको खतरा
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ । देशका केही भागहरूमा भारी वर्षा हुने अनुमानका आधारमा ‘निलो’ चेतावनी जारी गरिएको हो ।
अस्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपिल सार्वजनिक
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओसिचएचए) ले बुधबार प्यालेस्टिनी क्षेत्रका लागि २.८२२ अर्ब अमेरिकी डलरको फ्ल्यास अपिल सार्वजनिक गरेको छ ।
लोकसभा निर्वाचनको तयारीमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन कार्यालय
भारतको विभिन्न प्रान्तमा हुने लोकसभा निर्वाचनको तयारी तीव्ररुपमा भइरहेको छ । लोकसभा चुनावको पहिलो चरण यही अप्रिल १९ मा सुरु हुँदैछ ।
जापानलाई ३८ अर्ब अमेरिकी डलरको व्यापार घाटा
आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिब ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश
पाकिस्तानको उच्च अदालतले बुधबार सरकारलाई एक साताभित्र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई पुनःस्थापना गर्न आदेश दिएको एक वकिलले बताएका छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इजरायली आक्रमणले गाजामा हमासका पूर्वाधार नष्ट
मध्यगाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ । यसै क्रममा केही आतङ्ककारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले बुधबार जनाएको छ ।
नासाले मङ्गल ग्रहका नमुना फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले मङ्गल ग्रहबाट पृथ्वीमा मूल्यवान् नमुनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मङ्गल ग्रहबाट नमुना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो ।
उत्तरी युक्रेनमा रुसी आक्रमण : नौ जनाको मृत्यु
उत्तरी युक्रेनी सहर चेर्निगिभमा बुधबार भएको रुसी आक्रमणमा नौ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । पछिल्ला समयमा किभले आफ्नो हवाई प्रतिरक्षा क्षमतामा कमी भएको चेतावनी दिएका बेला उक्त घटना भएको छ ।
पाकिस्तानमा वर्षाका कारण थप चारको मृत्यु
पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ । योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ ।
बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’को महत्त्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने
वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि अत्यावश्यक छ । उनीहरूको गृहकार्य, जागिर आवेदन, बैङ्किङदेखि सबै काम अनलाइन मञ्चमा सञ्चालन हुने भएकोले ‘डिजिटल लिटेरेसी’ (विद्युतीय साक्षरता) विलासिता नभई आवश्यकता हो ।
गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु, धेरै घाइते
मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ ।