दक्षिण कोरियाद्वारा विवादित टापुमा जापानको नयाँ क्षेत्रीय दाबीको विरोध
दक्षिण कोरियाले मङ्गलबार दुई देशबिचको मध्य भागमा रहेको विवादित टापुहरूमा जापानको नयाँ क्षेत्रीय दाबीको विरोध गरेको छ । सो क्षेत्रलाई दक्षिण कोरियाद्वारा डोक्डो र जापानद्वारा ताकेशिमा भन्ने गरिएको छ ।
हङकङमा पर्यटक आगमन १.५ गुणा वृद्धि
हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा ११.२३ मिलियन आगन्तुक आगमन रेकर्ड गरिएको छ । गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले घोषणा गरेको छ ।
काश्मीरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता
काश्मीरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि
चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ ।
सप्ताहान्त हमलामा ‘उपेक्षापूर्ण’ प्रतिक्रियाविरुद्ध इजरायललाई इरानको चेतावनी
इरानका राष्ट्रपति रायसी इब्राहिमले इजरायललाई सप्ताहान्तमा इरानको अभूतपूर्व ड्रोन र मिसाइल आक्रमणप्रति ‘सानो पनि कदम’ चाले ‘पीडादायी प्रतिक्रिया’ को सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा अमेरिकाका विमानस्थल, राजमार्ग र प्रमुख पुल बन्द
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायीरूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थलहरू, गोल्डेन गेट, ब्रुकलिन पुल र व्यस्त ठाउँहरूमा यात्रा बन्द गरेका छन् ।
इजरायल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द
इरानले सप्ताहन्त्तमा इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ ।
जर्मनीका सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेनमा ‘केवल शान्ति’ बारे छलफल गर्ने
जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ बारे छलफल गर्ने बताउनुभएको छ ।
भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता
भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।
इजरायली आक्रमणबाट ३३ हजार ७९७ प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ३३ हजार ७९७ पुगेको छ ।
भारतीय नाका आजदेखि तीन दिन बन्द
भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।
साइबर जासुसी कम गर्न ‘प्रोटिभिटी’ र ‘साइफिरमा’ को सक्रियता
विशेषज्ञ अन्तर्दृष्टि र अनुकूल समाधानहरू प्रदान गर्नका लागि प्रख्यात विश्वव्यापी परामर्श फर्म ‘प्रोटिभिटी’ र बाह्य खतरा ल्यान्डस्केप व्यवस्थापन र साइबर जासुसीमा रणनीतिक सहकार्यको घोषणा गर्न पाउँदा खुसी भएको छ ।
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यानमारको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ ।
जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने
जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ ।
अमेरिकालाई थप फिलिपिन्स सैन्य अड्डामा पहुँच दिन मार्कोसद्वारा अस्वीकार
फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले सोमबार अमेरिकालाई थप फिलिपिन सैन्य अड्डासम्म पहुँच नदिइने बताउनुभएको छ ।
सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह राष्ट्रिय रङ्गशालामा सर्न सक्ने
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमबार बताउनुभएको छ ।
इरानी आक्रमणपछि इजरायलको गाजामाथि दबाब बनाउने सङ्कल्प
इजरायलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजरायली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशङ्का बढेको छ ।
ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु
ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले आइतबार जनाएको छ ।
इरानद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण
इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ ।
जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि
जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गत वर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो वर्षको १५ बाट बढेर १८१ पुगेको छ ।
इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।
इरानद्वारा इजरायलमाथि आक्रमण, हमलालाई विफल पारिएको इजरायली दाबी
इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।
मङ्गोलियामा शक्तिशाली धुलोको आँधी
बलियो बतास र भारी धुलोको आँधीले मङ्गोलियाका केही भागमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो ।
भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा घट्यो
भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।