• १८ वैशाख २०८१, मङ्गलबार

इजरायली आक्रमणबाट ३३ हजार ७९७ प्यालेस्टाइनीको मृत्यु

blog

काठमाडौँ, वैशाख ४ गते । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ३३ हजार ७९७ पुगेको छ ।

इजरायली सेनाले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा ६८ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ९४ जना घाइते भएकाले कुल मृत्यु हुनेको सङ्ख्या ३३ हजार ७९७ र घाइतेको सङ्ख्या ७६ हजार ४६५ पुगेको छ ।

इजरायली नौ सैनिक डुङ्गाहरूले सोमवार उत्तरी गाजापट्टीमा आफ्नो घर फर्कन खोजिरहेका दर्जनौँ विस्थापित प्यालेस्टाइनीहरूलाई गोली हानेका बताइएको छ । जसमा कम्तीमा पाँच जना घाइते भएका प्यालेस्टाइन सरकारले बताएको छ । सिन्हाको सहयोगमा