इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
इजरायलले अक्टोबर ७ मा सुरु भएको विनाशकारी युद्धको शृङ्खलापछि रोकिएको इजाज क्रसिङमार्फत जोर्डनबाट उत्तरी क्षेत्रमा खाद्यान्न र चिकित्सा आपूर्तिलाई पुनः खुल्ला गरेको छ ।
अफगानिस्तानलाई विश्व बैङ्कबाट ८४ मिलियन सहयोग
अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बिचमा विश्व बैङ्कबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्युजले जनाएको छ ।
राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन
चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्यका लागि निर्देशन दिनुभएको छ ।
गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मङ्गलबार गाजा पट्टीमा तत्काल र दिगो युद्ध विराम गर्न आग्रह गर्नुभएको छ ।
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान
आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवम् टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार हुनुभएको एएफपीका पत्रकारले बताएका छन् ।
हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडियो सार्वजनिक
गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडियो शनिबार सार्वजनिक गरेको छ ।
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ
इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी अरबले क्षेत्रीय ’स्थिरता’का लागि आइतबार आह्वान गरेको छ ।
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण
अफगानिस्तान मानवीय सङ्कटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ हरेक महिना ६० लाख मानिसहरूलाई खाद्यान्न र नगद वितरण गरिरहेको खामा प्रेसले जनाएको छ ।
गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेण्डा
गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आइतबार विशेष बैठकको आह्वान गरिएको छ ।
लगानी सम्मेलन सुरु, लगानीका लागि नेपाल उपयुक्त मुलुक
तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर भएको नेपालको बुझाइ छ ।
अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा घट्यो
अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.६ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
म्यानमारमा अत्यधिक गर्मी: सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
म्यानमारमा अत्यधिक तापक्रम बढेसँगै शतर्कत अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई सावधानी अपनाउन सल्लाह दिएको हो ।
संयुक्त राष्ट्र प्रमुखद्वारा स्वच्छ ऊर्जाका लागि निष्पक्ष खनिज स्रोत सुनिश्चित गर्न पहल
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार स्वच्छ ऊर्जा परिवर्तनका लागि आवश्यक खनिजहरूको खरिद र प्रयोगमा निष्पक्षता, दिगोपन र मानव अधिकारलाई एकीकृत गर्ने उद्देश्यले नयाँ पहल सुरु गर्नुभएको छ ।
क्यानडाद्वारा अर्धचालक आपूर्ति शृङ्खला बढाउन लगानीको घोषणा
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार थप अर्धचालक (सेमिकन्डकटर) सिर्जना गर्न र आपूर्ति शृङ्खला बढाउन नयाँ सङ्घीय लगानीको घोषणा गर्नुभएको छ ।
विद्यमान चुनौती पार गर्न पाकिस्तानले आर्थिक सुधार गर्दै : प्रधानमन्त्री
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शुक्रबार आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी चुनौतीलाई सम्बोधन गर्न लगनशील भई आर्थिक सुधारका मार्गहरू पछ्याउँदै गएको बताउनुभएको छ ।
नासाको अध्ययनले पृथ्वीका नदीको नयाँ विश्वव्यापी लेखाजोखा प्रदान गर्ने
नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । यो पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो ।
प्यालेस्टिनी खेलाडीलाई ओलम्पिकमा आमन्त्रित गरिने
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का प्रमुख थोमस बाखले छदेखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई आइओसीले आमन्त्रण गर्नेछ ।
चाङ’ई–६ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने चीनको तयारी
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ ।
भारतमा दोस्रो चरणको आम निर्वाचनका लागि मतदान सुरु
भारतको १८ औँ आम निर्वाचनको दोस्रो चरणमा १३ राज्य र केन्द्र शासित प्रदेशका ८८ निर्वाचन क्षेत्रका लागि शुक्रबारदेखि मतदान सुरु भएको छ ।
नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न
भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।
रुसद्वारा पोल्यान्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले बिहीबार नेटो आणविक केन्द्रहरू स्थायीरूपमा पोल्यान्डको भूभागमा अवस्थित भएमा रुसका लागि ती सैन्य लक्ष्य बन्ने सक्ने चेतावनी दिनुभएको छ ।
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही रोगको खतरालाई पुनर्जीवित वा स्थानान्तरण गर्दैछ भन्ने कुराको सम्झना गराएको थियो ।