• २६ वैशाख २०८१, बुधबार

भारतमा दोस्रो चरणको आम निर्वाचनका लागि मतदान सुरु

blog

नयाँदिल्ली, वैशाख १५ गते । भारतको १८ औँ आम निर्वाचनको दोस्रो चरणमा १३ राज्य र केन्द्र शासित प्रदेशका ८८ निर्वाचन क्षेत्रका लागि शुक्रबारदेखि मतदान सुरु भएको छ ।

चर्को तापक्रमका बाबजुद पनि जनता चुनावी परिचयपत्र लिएर लाइनमा उभिएर भोट हाल्ने पालो पर्खिरहेका देखिएका छन् ।

सात चरणमध्ये पहिलो चरणको निर्वाचन गत शुक्रबार भएको थियो । मतदानमा लगभग ६५.५ मतदाताले मतदान गरेका थिए । भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिका अनुसार सात चरणमा निर्वाचन हुनेछ ।

तेस्रो चरणको निर्वाचन मे ७, चौथो चरण १३ मे, पाँचौँ चरण २० मे, छैटौँ चरण २५ मे र अन्तिम चरणको मतगणना जुन १ मा हुनेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल