म्यान्मामा चट्याङको प्रभावले ७३ जनाको मृत्यु
म्यान्माको विपद व्यवस्थापन विभागलाई उदृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३-२४ मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ ।
‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण
अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको छ । स्टारलिंक निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो ।
हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार
हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको सिएनएनले जनाएको छ ।
भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु
भारतमा मङ्गलबार लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।
जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान
जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ ।
अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो
अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तीमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्यूजले जनाएको छ ।
मङ्गोलियाको जङ्गल र घाँसे मैदानमा आगलागी बढ्यो
मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको छ ।
चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न
चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन र दिगो विषयमा आफ्ना विचार राखेका छन् ।
सन्दिग्ध काश्मीर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या
भारत प्रशासित काश्मीरमा एउटा सैन्य ‘एस्कर्ट’ मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ ।
सिख पृथकतावादी हत्यामा पक्राउपछि क्यानडाका प्रधानमन्त्रीद्वारा ‘कानुनको शासन’ को प्रशंसा
प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानडाका सिख समुदायमा डर रहेको स्वीकार गर्नुभएको छ । यद्यपि गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्याको सिलसिलामा तीन व्यक्ति पक्राउ परेपछि उहाँले ‘कानुनको शासन’ लाई जोड दिनुभयो ।
गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप
सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्त्वपूर्ण विस्तार ल्याएको छ ।
अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार
अमेरिकाको चौथो ठुलो सहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ ।
अमेरिकामा बेरोजगारको दर बढ्यो
अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिर थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ ।
जापान ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा
हालैको एक सर्वेक्षणले झण्डै ८५ प्रतिशत जापानी जनताले गलत सूचना, मानहानि र अन्य दुर्भावनापूर्ण अभ्यासहरू फैलिनबाट रोक्न सामाजिक सञ्जाल साइटहरूका लागि नियमहरू आवश्यक रहेको छ भन्ने विश्वास गरेको देखाएको छ ।
भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने
भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् । बैठकमा मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैनिकको प्रतिस्थापनको समीक्षा भएको छ ।
आर्थिक स्वतन्त्रताका लागि अफगानी महिला व्यवसायमा संलग्न
अफगान महिलाहरू घरायसी भूमिकामा सीमित छन् भन्ने प्रचलित अवधारणाबिच आर्थिक स्वतन्त्रताका लागि साहसपूर्वक व्यवसाय सुरु गरी विद्यमान अवरोधहरू तोड्दैछन् ।
युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैन : अमेरिकी विदेशमन्त्री ब्लिङ्केन
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’ गर्नु नपर्ने बताउनुभएको छ ।
दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो
ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले शुक्रबार जनाएको छ ।
पाकिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, आठ घाइते
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।
भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठुलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ ।
दुबईमा फेरि भारी वर्षा : उडान रद्द, विद्यालय र कार्यालय बन्द
संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ ।
मङ्गोलियामा ५६ लाखभन्दा बढी पशुधन नष्ट
मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले शुक्रबार बताएको छ ।
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति रोजगारीमा संलग्न
चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कुल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी पाएको चिनियाँ अपाङ्गता व्यक्ति महासङ्घले जनाएको छ ।
पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते
पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।