• ५ जेठ २०८१, शनिबार

पाकिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, आठ घाइते

blog

पाकिस्तान, वैशाख २२ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको चमरुक क्षेत्रमा दिउँसो स्थानीय पत्रकारको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ । विस्फोटमा पत्रकार र अन्य दुई जनाको ज्यान गएको थियो भने घटनास्थलमा रहेका अन्य आठ जना घाइते भएका थिए ।

घाइते सबैलाई स्थानीय अस्पतालमा लगिएको र उनीहरूको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको जारी गरिएको सिसिटिभी फुटेजले मोटरसाइकलमा सवार एक व्यक्तिले कारमा एउटा उपकरण जोडेको देखाएको छ । जसले गर्दा विस्फोट भएको बताइएको छ । अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।  

सिन्ह्वा/न्यूज एजेन्सी नेपाल